शुक्रबार, ०२ कार्तिक २०८१

ओली प्रधानमन्त्री पक्का, राष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान

कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । राष्ट्रपतिको आह्वान बमोजिम दुई दलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव लिएर शीतल निवास जाने भएका छन् ।

शुक्रबार २९, असार २०८१ ०८:३८

उद्योग वाणिज्य संघ बाजुराको २३ औं बार्षिक साधारण सभा, व्यवसायी बन्नु पर्नेमा जोड

अध्यक्ष देवबहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए । समन्वय प्रमुख रोकायाले उत्पादन र व्यवसाय प्रवद्र्धनमा जोड दिन सुझाव दिएका छन् । उद्योग वाणिज्य संघले व्यापारसँगै उत्पादन र आम्दानी बढाउने काम गर्न आग्रह गरेका हुन् ।

शनिबार ३०, असार २०८१ ०९:५२

उद्योग वाणिज्य संघ बाजुराको २३ औं बार्षिक साधारण सभा, व्यवसायी बन्नु पर्नेमा जोड

अध्यक्ष देवबहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए । समन्वय प्रमुख रोकायाले उत्पादन र व्यवसाय प्रवद्र्धनमा जोड दिन सुझाव दिएका छन् । उद्योग वाणिज्य संघले व्यापारसँगै उत्पादन र आम्दानी बढाउने काम गर्न आग्रह गरेका हुन् ।

शनिबार ३०, असार २०८१ ०९:५६

प्रधानमन्त्रीसँगै २१ मन्त्रीले लिँदै छन् शपथ (सूचीसहित)

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनेछन् । त्यसपछि प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराउनेछन् ।

सोमबार ३२, असार २०८१ ११:१७

ओली सरकारमा ४ दल सहभागी, गठन भयो २२ सदस्यीय मन्त्री मण्डल

मन्त्रिपरिषदमा कांग्रेस र एमाले सहित ४ वटा दलको प्रतिनिधित्व रहेको छ । कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपा नेपालबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।

सोमबार ३२, असार २०८१ १२:२२

तीन कार्यकाल बानेश्वरको बसाईपछि बद्री पाण्डेको सिंहदरबार प्रवेश

पाण्डेले यो पटक केपी ओली नेतृत्वको सरकारमा सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीको सपथ ग्रहण गरेका छन् । जुन सरकार काँग्रेस एमालेको गठनबन्धमा बनेको हो । तीन कार्यकालको बानेश्वर बसाइलाई विट मार्दै पाण्डेले सिंहदरबारको यात्रा प्रारम्भ गरेपनि लामो समय निराश बनेका कार्यकर्ता खुसी भएका छन् ।

सोमबार ३२, असार २०८१ ०२:४९

बैतडीका दामोदर बने चौथोपटक ओली क्याविनेट मन्त्री

२०७० सालमा कमब्याक गरेका उनले २०७४ मा पनि अपराजित यात्रा कायमै राखे। बैतडी एउटै निर्वाचन क्षेत्र बन्दा वाम गठबन्धनका तर्फबाट भण्डारीले ११ हजार २३३ को मतान्तरले कांग्रेस उम्मेदवारलाई सजिलै हराएका थिए। त्यतिवेला उनले ३९ हजार ५२४ मत ल्याएका थिए।

सोमबार ३२, असार २०८१ ०५:११

बजेट शून्यतामा सुदुरपश्चिम सरकार, रकम खर्चिन र कर उठाउन अन्योल

५३ सदस्यीय प्रदेशसभामा सरकारले विश्वासको मत प्राप्त गर्न २७ मतको आवश्यक पर्छ। यता अर्को सरकार गठनका लागि कांग्रेस र एमालेको मत पर्याप्त छ। सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ प्रदेशसभा सदस्य छन्। यसबीचमा कांग्रेस र एमालेबीच नयाँ सरकार गठनका लागि अनौपचारिक छलफल भइरहेको छ। नेपाल प्रेस

मङ्गलबार ०१, साउन २०८१ १०:०५

बुढीगंगाको बार्षिक प्रगती समीक्षा : ९१ प्रतिशत बजेट खर्च, खेल क्षेत्रमा सफलता

पालिकाका कर्मचारी र सीमित सरोकारवालाको सहभागितामा प्रगति समीक्षा आयोजना गरिएको हो । ०८०/०८१ मा पालिकाले १ सय ३३ वटा आयोजना सञ्चालन गरेको थियो । जसमा २ लाख भन्दा रकमका ५२ वटा, २ देखि ५ लाख सम्मका ६३ वटा, ५ देखि १० लाख सम्मका १३ वटा र १० देखि ५० लाख सम्मका ५ वटा आयोजना सञ्चालन समीक्षा कार्यक्रममा जानकारी गराइएको छ ।

मङ्गलबार ०१, साउन २०८१ ०८:१८

बुढीगंगाले गर्यो, भक्तबहादुर देखि मन्तीदेवी र राजेन्द्र शाह बीपीलाई सम्मान

गएको वर्षबाट बुढीगंगा नगरपालिकाले बाजुराको विकासमा योगदान गर्ने स्वर्गीय सम्मानीत व्यक्तित्वको नाममा घोषणा गरेको पुरस्कार हरेक वर्ष दिँदै आएको छ । यो वर्षपनि औपचारिक कार्यक्रमका बीच सम्मान गरिएको नगर उपप्रमुख माया कुँवरले जानकारी दिएकी छन् ।

मङ्गलबार ०१, साउन २०८१ ०८:२७

फ्रान्सकै ठूलो पत्रिका लेख्छ : राजनीतिक अस्थिरतामा नेपाल ‘विश्व च्याम्पियन’

नेपालमा सन् १९९० मा संसदीय प्रजातन्त्र पुनर्स्थापना भएपछिका उनी ३०औं प्रधानमन्त्री हुन् । यो भनेको हरेक वर्ष नयाँ प्रधानमन्त्री फेरिन्छ भन्ने हो । ३ करोड जनसंख्या भएको सानो हिमाली गणतान्त्रिक मुलुकका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको भन्दै पत्रिकाले व्यंग्यवाण समेत प्रहार गरेको छ ।

बुधबार ०२, साउन २०८१ ०२:१३

बाजुरामा एक वर्षभित्र रोपिए ४३ हजार बढी फलफूलका विरुवा

रोपिएका मध्ये बाजुराकै नर्सरीमा उत्ािलदन गरिएको १५ हजार ७ सय र बाँकी सबै जिल्ला बाहिरबाट ल्याएर रोपण गरिएको हो । सुदुरपश्चिम प्रदेश सरकारको “कुन्नादरा हराभरा” कार्यक्रम अन्तरगत बुढीनन्दा नगरपालिका २, हिमाली गाउँपालिका ६, स्वामिकार्तिक गाँउपालिका ४, र जगन्नाथ गाउँपालिका ३ मा फलफुल बगैँचा स्थापना गरी बर्खे फलफुलका सुन्तला, कागती, टिमुर, र हिउँदे फलफुलका दाँते ओखर र र स्याउका विरुवा रोपिएका कृषि ज्ञानकेन्द्र बाजुराले बार्षिक प्रतिवेदनमा देखाएको छ ।

बिहिबार ०३, साउन २०८१ ०५:५८

फिफा वरियतामा अर्जेन्टिना पहिलो, फ्रान्स दोस्रो हुँदा स्पेन तेस्रो स्थानमा उक्लियो

फ्रान्स दोस्रो, इङ्ल्यान्ड चौथो, ब्राजिल पाँचौँ, बेल्जियम छैठौँ, नेदरल्यान्ड्स सातौँ र पोर्चुगल आठौँ स्थानमा छ । कोलम्बिया नवौँ र इटाली १० औँ नम्बरमा छ । १८ महिनायता अर्जेन्टिना विश्व वरियताको शीर्षस्थानमा छ । सन् २०२३ को सुरुवातमा अर्जेन्टिनाले विश्वकप जितेको थियो ।

बिहिबार ०३, साउन २०८१ ०६:०३

एमाले र कांग्रेसले मागे मुख्यमन्त्री सोडारीको राजीनामा, अल्पमतमै ३० दिन कटाउने संकेत

‘आर्थिक वर्ष २०८१/०८२ को प्रदेशको बजेट किन आएन ? अथवा किन अरू जायज विकल्पहरू खोजिएन ? यसको जवाफ त सरकारले दिनु नै पर्ला तर आर्थिक डेडलकको अवस्थामा आइपुग्दा अल्पमतमा रहेको कामचलाउ सरकार र माननीय मुख्यमन्त्री दिर्घ बहादुर सोडारीलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) कैलाली आग्रह गर्दछ,’ दुई दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो गम्भीर परिस्थितिमा संवेदनशील भई प्रदेशको गरिमा बढाउन सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्ने प्रदेशमा रहेका राजनीतिक दल र माननीय प्रदेश सदस्यहरूलाई आग्रह गर्दछौँ ।’

बिहिबार ०३, साउन २०८१ ०६:२१

जनतामा टुटेको विश्वास फर्काउनु सरकारको प्राथमिकता  : सञ्चारमन्त्री गुरुङ

देशको अर्थतन्त्र धेरै जर्जर बन्दै गएको कारण विकास र समृद्धिका काम अहिले अवरुद्ध अवस्थामा रहेका गुरुङले बताउनुभयो । विकास, सुशासन, स्थिरता, संविधान परिवर्तनका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘प्रतिपक्षमा बसेको माओवादी केन्द्रको पनि सहमतिको आधारमा सबै राष्ट्रिय समस्याको समाधान गर्ने प्रयाश सरकारले गर्छ,’ उहाँले भन्नुभयो ।

बिहिबार ०३, साउन २०८१ ०७:५९

हामी काम भइरहेको छ भन्न होइन काम सकियो भन्न आतुर छौं : प्रधानमन्त्री ओली

नेपालका धेरै विकास आयोजनाहरु वर्क इन प्रोग्रेस ९काम भइरहेको छ० मात्र रहेको भन्दै उनले भने, ‘यो सरकार काम भइरहेको छ भन्न होइन थालेको काम सकियो भन्ने सुनाउन आतुर छ ।’

आइतबार ०६, साउन २०८१ ०२:२८

संसदमा ओलीले सुनाए काँग्रेस एमाले बीचको ७ बुँदे सहमति, ०८४ को चुनाव देउवाले गराउने

उक्त सहमति अनुसार पहिलो चरणमा दुई वर्ष सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र त्यसपछि २०८४ मंसिरको चुनावसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछ ।

आइतबार ०६, साउन २०८१ ०२:३५

काँग्रेस सभापति देउवासँग बाजुराका एमाले अध्यक्ष ओलीको भेट, विकासमा सहयोग गर्न आग्रह

सत्ता समिकरणमा पहिलो दलको भूमिकामा रहेको काँग्रेसका सभापतिलाई देउवालाई भेटेर ओलीले बाजुरालाई बजेटको प्राथमिकतामा राख्न आग्रह गरेका छन् । देउवा निवास बुढानिलकण्ठमै पुगेर ओलीले सत्ता सहकार्यका लागि दुईदल बीचको सहमतिलाई इमान्दारी पूर्वक कार्यान्वयन गर्न र राजनीतिक स्थायीत्व अनि विकासको अनभूति जनतालाई गराउन पनि आग्रह गरेका हुन् ।

सोमबार ०७, साउन २०८१ ०८:०४

विकासमा प्राथमिकता दिन एमाले बाजुराले बुझायो प्रधानमन्त्रीलाई १४ बुँदे माग पत्र

ओली प्रधानमन्त्री भएपछि जिल्लाको तर्फबाट नेकपा एमाले बाजुराले औपचारिक मागहरु बुझाएको सचिव काशी विकले बताएका छन् । बाजुरा जिल्लाबाट प्रतिनिधीत्व गर्ने एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, दयाल बहादुर शाही सहीत केन्द्र, प्रदेश र जिल्ला कमिटीका नेताहरुले सामुहीक रुपमा भेटेरै जिल्लाको माग प्रेश गरेका हुन् ।

मङ्गलबार ०८, साउन २०८१ ०७:००

बाजुरामा राजमार्गको पहिरो रोक्न अल्पकालिन समाधानका लागि त्रिपाल बिछ्याइयो

पहिरो नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार सुरक्षाकर्मी लगाएर पहिरो गएको ठाउँमा त्रिपाल बिछ्याएको हो । अविरल वर्षाका कारण भिरालो जमिनमा पहिरो नरोकिएपछि जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा पहिरोमाथि त्रिपाल विछ्याइएको हो ।

मङ्गलबार ०८, साउन २०८१ ०७:३२

वाह ! स्वर्ग जस्तै क्या सुन्दर बडीमालिका

१४ हजार फिटको उचाईमा छ । बडीमालिका क्षेत्र ४ महिना हिउँको घुम्टोमा सजिने गरेको छ । र बर्षाद र अन्य मौसममा हरियालीको शोभाले भरिएको हुन्छ । बर्षादको चार महिना भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैसीहरुले बडीमालिका पाटन भरिएका छन् । फूलैफूलको पाटनमा चरिचरनमा लामवद्ध पशुचौपायाहरुको लस्करले झनै लोभलाग्दो देखिन्छ बडीमालिका ।

बुधबार ३०, साउन २०८१ ०३:१३

माओवादी र समाजवादीले नदिँदा पनि सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए २ तिहाइ मत

शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन्। ५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन्।

बुधबार ३०, साउन २०८१ ०८:२४

बडीमालिका तीर्थ यात्रा विशेष नगरपालिकामा सार्वजनिक विदाको निर्णय

बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय धार्मिक पिठ बडीमालिका माताको दर्शनका लागि पालिकाबाट सरकारी टोली बडीमालिका मन्दिरमा प्रस्थान गर्ने भएकोले साउन ३१ गते भोलि विहिबारका दिन सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केशीले बताएका छन् ।

बुधबार ३०, साउन २०८१ ०८:५९

‘बडीमालिका र बुढीनन्दा’ तीर्थयात्रा सुरु, बडीमालिकाबाट सरकारी टोली प्रस्थान

दुबै शक्ति पीठमा तीनदिन पहिला नै यात्रा प्रारम्भ गर्नु पर्ने धार्मिक मान्यता छ । सयैको संख्यामा तीर्थयात्राहरु केहीदिन पहिलादेखि नै बडीमालिका, बुढीनन्दा जान थालेपनि औपचारिक यात्रा बिहिबारबाट सुरु गरिएको बडीमालिका नगरपालिकाले बताएको छ । पालिकाका तर्फबाट औपचारिक रुपमा नै सरकारी टोली बडीमालिका पठाएको छ ।

बिहिबार ३१, साउन २०८१ ०९:०९