आइतबार, २३ भदौ २०८१

जनतामा टुटेको विश्वास फर्काउनु सरकारको प्राथमिकता  : सञ्चारमन्त्री गुरुङ

देश र व्यवस्थालाई अप्ठेरो पर्दा कांग्रेस–एमाले एक ठाउँमा

काठमाडौं, साउन ३। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले देश र व्यवस्थालाई अप्ठेरो पर्दा कांग्रेस–एमाले एक ठाउँमा उभिने गरेका बताउनुभएको छ ।

बिहीबार मन्त्रालयमा लमजुङका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले २०४६ सालमा पञ्चायत फाल्न, २०६२–०६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस–एमाले एकै ठाउँमा उभिएका बताउनुभयो ।

उहाँले अहिले मुलुक राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको हिसाबले कमजोर भएको कारण कांग्रेस–एमाले एक ठाउँमा उभिनु परेको बताउनुभयो । ठुला राजनीतिक दल एकताबद्ध हुनु पर्ने स्थिति देशमा बनेको उहाँले धारणा राख्नु भयो । ‘राष्ट्रिय आवश्यकताले गर्दा हामी यो गठबन्धनमा सामेल छौँ’, उहाँले भन्नुभयो ।

देशको अर्थतन्त्र धेरै जर्जर बन्दै गएको कारण विकास र समृद्धिका काम अहिले अवरुद्ध अवस्थामा रहेका गुरुङले बताउनुभयो । विकास, सुशासन, स्थिरता, संविधान परिवर्तनका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘प्रतिपक्षमा बसेको माओवादी केन्द्रको पनि सहमतिको आधारमा सबै राष्ट्रिय समस्याको समाधान गर्ने प्रयाश सरकारले गर्छ,’ उहाँले भन्नुभयो ।

उहाँले अहिले बेजेट आइसकेकोले धेरै ठुलो अपेक्षा नगर्न आग्रह गर्नुभयो । यस वर्ष ट्र्याकबाट बाहिर गएको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याउनको लागि सरकारले काम गर्ने उहाँले बताउनुभयो । ‘सुखी नेपाली समृद्ध, नेपालको अभियानलाई साकार पार्ने कुरामा हामी लाग्छौँ’, उहाँले भन्नुभयो ।

अहिलेको गठबन्धनलाई जोगाएर मुलुकले खोजेको राजनीतिक स्थिरता दिने कुरामा आफूहरूको ध्यान जाने उहाँले बताउनुभयो । राजनीतिक अस्थिरताको कारण अवसरवादी गठबन्धन भइरहेकोले त्यसलाई अन्त्य गरेर जनतामा टुटेको विश्वास फर्काउनको लागि आफूहरूले सकेको काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।क ठाउँमा उभिने गरेका बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस