बिहिबार, ०३ असोज २०८१

उद्योग वाणिज्य संघ बाजुराको २३ औं बार्षिक साधारण सभा, व्यवसायी बन्नु पर्नेमा जोड

बाजुरा : उद्योग वाणिज्य संघ बाजुराको २३ औं बार्षिक साधारण सभा सकिएको छ । संघले बर्षभरि गरेका कामको जानकारी दिन र आगामी योजना बारे छलफल गर्ने गरि बार्षिक साधारण सभा आयोजना गरिएको हो । 

अध्यक्ष देवबहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए । समन्वय प्रमुख रोकायाले उत्पादन र व्यवसाय प्रवद्र्धनमा जोड दिन सुझाव दिएका छन् । उद्योग वाणिज्य संघले व्यापारसँगै उत्पादन र आम्दानी बढाउने काम गर्न आग्रह गरेका हुन् ।

महासचिव रमबहादुर शाहीले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष हंशबहादुर सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महाससचिव स्वयमले प्रगती प्रतिवेदन प्रस्तुत गरेका हुन् । उहाँहरुले जिल्लाको व्यापार र व्यवसायको अवस्था र आगामी योजना बारे जानकारी गराएका हुन् । 

कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनीया, खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत, बुढीगंगाका नगर उपप्रमुख माया कुँवर, गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा सहीत सहभागि थिए । संघको आफ्नै हलमा कार्यक्रम आयोजना गरिएको कार्यालय सचिव टेकबहादुर धामीले जानकारी दिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस