शनिबार, ०७ बैशाख २०८२

गेटा आँखा अस्पताल बाजुरा शाखाका प्रमुख बाँनिया र बाजुराका मेकेन्द्र गिरी लागुऔषध सहित धनगढीमा पक्राउ

धनगढी : गेटा आँखा अस्पताल कैलालीका नेत्र सहायक अंकित कुमार निगम बानिया लागुऔषध सहित धनगढीमा पक्राउ परेका छन् । आँखा अस्पताल शाखा बाजुराको मार्तडी कार्यालयको प्रमुख समेत रहेका बानियाँ सहीत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

आँखा अस्पतालको मार्तडी शाखा प्रमुख बानियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो धनगढीको राजपुरबाट लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का २८ वर्षीय बानियालाई पक्राउ गरिएको जानकारी दिए ।

उनीसँगै प्रहरीले बाजुराको त्रिणेवी नगरपालिका–८ बस्ने २५ वर्षीय मेकेन्द्र गिरीलाई पनि लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बानियाले चलाएको लुप्रप्र ०१००१ प ९२७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पछाडि सवार गिरीले बोकेको झोलाभित्र राखेको अवस्थामा प्रहरीले बरामत गरेको थियो । 

गिरीले बोकेको झोलाबाट प्लाष्टिकसहित १० ग्राम र प्लाष्टिक बाहेक ८ ग्राम ८० मिलीग्राम खैरो हेरोईन बरामद गरिएको डीएसपी बोहराले बताए । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । 

बाजुरामा पछिल्लो समय खैरो हिरोइनको सेवन र कारोबार हुने गरेको सूचनापछि प्रहरीले निगरानी बढाएको थियो । यस अघि बाजुराको बाम्का बजारबाट पनि खैरो हिरोइन सहीत केही युवाहरुलाई पक्राउ गरेको थियो । बाजुरा सहीत सुदूरका पहाडमा धनगढी र महेन्द्रनगरको बाटो हुँदै लागुऔषध कारोबार हुने गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस