शनिबार, ०७ बैशाख २०८२

गौमुल गाउँपालिका अध्यक्ष रोकायालाई पीतृ शोक

बाजुरा : गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायालाई पीतृ शोक परेको छ । अध्यक्ष रोकायाका बुबा जयबहादुर रोकायाको ८१ वर्षको उमेरमा मृत्यु भएको छ । पालिकाको १ नम्बर वडा अम्लीस स्थित आफ्नै निवासमा रोकायाको मृत्यु भएको हो ।

लामो समयदेखि अस्वस्थ रहनु भएका रोकायालाई उपचार संभव नभएपछि घरमा लगिएको थियो । उनी लामो समयदेखि नशा सम्बन्धी समस्याबाट पीडित थिए । रोकायाको हिन्दु परम्परा अनुसार गाउँमै रहेको आँग्रा नदीमा दाहसंस्कार गरिएको छ । 

पालिका अध्यक्ष रोकायालाई परेको शोक प्रति गाउँपालिका सहीतले दुख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल मार्फत गाउँपालिका अध्यक्ष रोकायाका बुबा प्रति श्रद्धाञ्जली र परिवारलाई समवेदना व्यक्त गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस