शनिबार, ०७ बैशाख २०८२

कैलालीमा इंग्ल्याण्डबाट घुम्न आएका पर्यटक मृत भेटिए

इंग्ल्यान्डका ६५ वर्षीय स्पेफन गोर बिहीबार राति बर्दगोरिया गाउँपालिका-४ नोमाबोझीमा आफ्नै कोठामा मृत भेटिएका हुन् ।

धनगढी : कैलालीमा विदेशी नागरिक मृत भेटिएका छन् । इंग्ल्यान्डका ६५ वर्षीय स्पेफन गोर बिहीबार राति बर्दगोरिया गाउँपालिका(४ नोमाबोझीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्रसिंह बोहराले गत कात्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बसेका गोर बिहीबार राति साढे ९ बजेको समयमा सुतेको कोठामै मृत भेटिएको बताए ।

डीएसपी सिंहका अनुसार उनी सुतेको कोठाको भित्रबाट चुक्कुल लगाइएको थियो । सोही ठाउँ बस्दै आएकी भारतको तामिलनाडु घर भएकी नेपाली मूलकी चित्राकुमारी बमले बोलाउँदा नबोलेपछि ढोका खोलेर हेर्दा गोर सुतेकै अवस्थामा मृत भेटिएका थिए ।घटनास्थल कार्य सकेर शव परीक्षणका लागि अस्पताल पठाइने र त्यसपछि शव सम्बन्धित देशमा पठाउने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस