शनिबार, ०७ बैशाख २०८२

अध्यक्ष रोकायालाई पितृ शोक

बाजुरा ः जिल्लाको गौमुल गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटि बाजुराका उपसचिव हरिबहादुर रोकायालाई पितृ शोक परेको छ । अध्यक्ष रोकायाका बुबा जयबहादुर रोकायाको ८१ वर्षको उमेरमा आज बिहान आफ्नै निवासमा निधन भएको छ ।
गौमुल गाउँपालिका–१ अम्लिसमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी लामो समयदेखि नशा सम्बन्धी समस्याबाट पीडित थिए ।
रोकाया समाजसेवि गाँउको अभिभावकको रुपमा चिनिएका बेक्ती हुन् ।
रोकायाको हिन्दु परम्परा अनुसार आज नै गाउँमै रहेको आँग्रा नदीमा अन्तिम संस्कार गरिने भएको छ । निधन प्रति सिंगो पालिका मर्माहत भएको छ ।

प्रतिक्रिया दिनुहोस