शनिबार, ०७ बैशाख २०८२

बाजुरा जगन्नाथका नविन तीनदिनदेखि भारतको मुम्मईबाट बेपत्ता

बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिका १ का नविन विक तीनदिन देखि बेपत्ता भएका छन् । भारतको मुम्मई स्थित उरन नगरबाट तीनदिन देखि बेपत्ता भएका हुन् । हंश विकका १८ वर्षका छोरा नविन कामको शिलशिलामा मुम्मईमा बस्दै आएका थिए ।

कामका लागि मुम्मई पुगेका नविन सम्पर्क विहिन भएपछि नेपाली र आफन्तले खोजी कार्यतीब्र पारेका छन् । भारतीय प्रहरी समक्षपनि निवेदन सहीत खोजीका लागि उजुरी दिइएको छ । तर के कसरी बेपत्ता भएका हुन्, वा सम्पर्क बाहिर रहनुको कारण थाह नभएको बुझीएको छ ।

घर परिवारका तर्फबाट हंश विक ९३७२९४८८०७, भुवन विक ८६५२६४६५७३, नृप विक ९९६७४६८९८२ को सम्पर्क नम्बरमा फोन गर्न वा जानकारी गराइदिन अनुरोध गरेका छन् । नविन आफन्तसँगै मुम्मईमा काम गरिरहेका थिए । 

प्रतिक्रिया दिनुहोस