शनिबार, ०७ बैशाख २०८२

बाजुराको कोल्टीमा बुढीनन्दा कृषि पर्यटन महोत्सव सञ्चालन

बाजुरा : बाजुराको कोल्टीमा बुढीनन्दा कृषि पर्यटन साँस्कृतिक महोत्सव आयोजना गरिएको छ । कृषि जडीवुटी उद्योग पर्यटन र व्यापार, बुढीनन्दाको समृद्धिका लागि विकासको आधार भन्ने नारा सहीत महोत्सव आयोजना गरिएको हो । 

मालाश्री स्टुडीयो प्रालिको आयोजना र बुढीनन्दा नगरपालिकाको प्रर्वद्धन र हिमाली, स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकाको सहप्रर्वद्धनमा महोत्सव आयोजना गरिएको मुल आयोजक समितिका कार्यक्रम संयोजक महेश कार्कीले जानकारी दिएका छन् । 

महोत्सवको नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य पदम गिरीले गरेका हुन् । गिरी यस अघिल्लो सरकारमा कानून न्याय तथा संसदीय मामिला मन्त्री पनि थिए । बाजुरा आउने सन्दर्भ जुराएर गिरीलाई कार्यक्रमको प्रमुख अतिथि बनाएर उद्घाटन गर्न लगाइएको हो । 

बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहराको अध्यक्षतामा सूरु भएको महोत्सवमा सुदूरपश्चिम प्रदेश सभाका पूर्व सदस्य बलदेव रेग्मी, बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा, जगन्नाथ गाउँपालिकाकी उपाध्यक्ष मरुकला विष्ट सहीत सहभागि थिए । 

महोत्सवको उद्धघाटन समारोह कलाकार मनबहादुर रोकाया र बुढीनन्दा नगरपालिकाका संगित प्रशिक्षक संगित सुनारले सञ्चालन गरेका थिए । महोत्सवको पहिलो दिन देउडा गायक लक्ष्मण अधिकारी, मनबहादुर रोकाया, धर्मेन्द्र सुनार, ओव्जन परियारले प्रस्तुति एिका छन् । भने दोस्रो दिन बैशाख ६ गते चर्चित गायक कमल विसी माल्दाई, रमेश मल्ल, मन नेपाली, मिलन सुनार सहीतले प्रस्तुती दिने भएका छन् ।

महोत्सव अवधिभर स्थानीय रैथाने बालीको प्रर्वद्धन, स्थानीय कला संस्कृति झल्किने विभिन्न मागल, चाँचर, भुवाचाली, हुड्के नाथ, झाँकी, देउडा मागल लगायत प्रर्दशन गरिने भएका छन् । साथै महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति दिने भएका छन् ।

धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेको बुढीनन्दा क्षेत्रको पर्वद्धन गर्ने मुख्य उद्देश्यका साथ आजबाट सूरु भएको महोत्सव बैशाख १५ गतेसम्म संचालन हुनेछ । कुन्ना क्षेत्रमा पहिलोपटक महोत्सवको आयोजना गरिएकोले मेला अवधिभर हजारौ दर्शकहरुले महोत्सव अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ ।
 

प्रतिक्रिया दिनुहोस