बुधबार, २१ जेठ २०८२

विद्यालयबाट फर्किंदै गरेकी बाजुरा घर भएकी १४ वर्षीया किशोरी धनगढीमा बलात्कृत

धनगढी : बाजुुराबाट अध्ययनका लागि धनगढीमा बस्दै आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार धनगढीमा बलात्कार भएको छ । धनगढी बजार स्थित पुरानो भन्सारमा बस्ने १८ वर्षका युवकबाट किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

किशोरी माघ २५ गते अर्थात गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् । प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् । 

किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् । आफन्तलाई जानकारी गराएपछि करणबारे जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन् । 

किशोरीका पक्षबाट शनिबार साँझ मात्र किटानी जाहेरी परेको छ । किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताए । पीडित कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् । बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिका घर भएकी किशोरी धनगढीमा आफन्तसँग बस्दै आएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस