बाजुरा- बाजुरा जिल्लामा नयाँ मतदाता नामावली ८६ हजार नजिक पुगेको निर्वाचन तथ्थाकमा उल्लेख गरिएकाे छ । २०७९ को संघ र प्रदेशको निर्वाचनमा ८२ हजार ६ सय ९० मतदाता रहेको बाजुरामा तीन हजार दुई सय ८८ मतदाता बढेर ८५ हजार ९ सय ७८ पुगेको हो ।
जिल्ला निर्वाचन कार्यालय बाजुराले सार्वजनिक गरेको ९ वटै स्थानीय तहका मतदाता नामावली अनुसार सबै भन्दा ८५ हजार ९ सय ७८ जना मतदाता रहेको छ ।
बिहीबार ९ वटै पालिकाका ६९ वडामा रहेका मतदाताहरुको नामावली सार्वजनिक सूचना मार्फत जानकारी गराइएको छ ।
निर्वाचन कार्यालय बाजुराले सार्वजनिक गरेको पालिकाका आधारमा सबै भन्दा बढी बुढीगंगा नगरपालिका र सबै भन्दा कम जनन्नाथ गाउँपालिकमा रहेको छ ।
बुढीगंगा नगरपालिकामा १४ हजार पाँच सय ३० जना मतदाता रहेका छन् । भने जगन्नाथ गाउँपालिकाका पाँच हजार पाँच सय ७८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
यस्तै गौमुल गाउँपालिकामा ६ हजार एक सय ७१, खप्तड छेडेदह गाउँपालिकाका १२ हजार ४२६, त्रिवेणी नगरपालिकामा ११ हजार आठ सय ६६ मतदाता रहेको छन् ।
त्यसैगरी बडीमालिका नगरपालिकामा १० हजार तीन सय ६५,बुढीनन्दा नगरपालिकाका ११ हजार दुई सय ८१, स्वामीकार्तिक खापर गाउँपालिकामा ७ हजार पाँच सय १५ र हिमाली गाउँपालिकामा ६ हजार दुई सय ४६ जना मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाजुराका निमित्त निर्वाचन अधिकारी अंगतबहादुर महतका अनुसार मृत्यु,बसाईसराई र दोहोरो सूचीबाट हटाउँमा मतदाता संख्या घट्ने गरेको बताएका छन् ।
स्थानीय तह र संघ प्रदेशको निर्वाचनपछि फोटो सहितको मतदाता नामावली संकलन र नामावली सच्याउने गरेका कारण मतदाता संख्या घट्नेको संख्या पनि बढ्ने गरेको निमित्त निर्वाचन अधिकारी महतले बताए ।
नगारिकता बनाएका अधिकांश नागरिकहरुले फोटो सहितको मतदाता नामावली बनाउँदा पनि मतदाताको संख्या बढेको निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी महतको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस