सोमबार, १९ जेठ २०८२

रिटर्नी फडेरेसन नेपालमा नयाँ नेतृत्व चयन, अध्यक्षमा धामी

बाजुरा : नेकपा एमाले निकट संगठन रिटर्नी फडेरेसन नेपाल बाजुरा जिल्ला कमिटीको नयाँ नेतृत्व चयन भएको थियाे । रिटर्नी फडेरेसनको दोस्रो अधिवेशनबाट पदाधिकारी र सदस्यहरु सर्वसम्मवत चयन भएका हुन् ।

रिटर्नी फडेरेसन नेपाल बाजुराको अध्यक्षमा ईन्द्र बहादुर धामी चयन भएका छन् । उनको नेतृत्वमा उपाध्यक्ष जयधन वि.क, सचिव कर्ण बहादुर बुढा, उपसचिव शान्ती कार्की चयन भएका छन् । सदस्यमा देवी रोकाया, धर्म रावत, दल दमाई गोरख बहादुर चदाँरा, जयलाल विकसहित १५ सदस्यीय कमिटी गठन गरिएको निर्वाचन मण्डलका संयोजक दिल थापाले जानकारी दिएका छन् । 

रिटर्नी फडेरेसन नेपाल बाजुरा जिल्ला कमिटी बाजुराका निर्वतमान अध्यक्ष महेश कार्कीको अध्यक्षतामा सञ्चालन भएको अधिवेशनको प्रमुख अतिथिमा एमाले केन्द्रीय कमिटी सदस्य लाल बहादुर थापा रहेका थिए । अधिवेशन पार्टी कार्यालयको सभाहलमा सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस