बाजुरा : त्रिवेणी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम अध्ययन तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीको सहयोग, त्रिवेणी नगरपालिकाको समन्वय तथा न्यायका लागि संचार नेपालको सहजिकरणमा चालू आर्थिक बर्ष २०८१र०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
चालू आर्थिक बर्ष २०८१र०८२ मा संचालन गरेको सम्पूर्ण योजना तथा कार्यक्रमको सम्पन्न भइ नगरबासी लाइ प्रस्ट पारीएको छ । त्यस्तै सार्वजनिक सुनुवाइ कार्यक्रममा त्रिवेणी नगरपालिकाका स्वास्थ, शिक्षा, खानेपानी, संचार, कृषि, पर्यटन र भौतिक पुर्वाधारको क्षेत्रका काम गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले उल्लेखित कार्यक्रममा राजनीतिक दल, नागरिक अगुवा, समाजसेवी बुद्विजीवी,विव्यस, प्रअ, उपभोक्ता समितिहरू, बालकल्वहरूले गरेका प्रश्न तथा जिज्ञासाको जवाफ संकलन गरि आगामी दिनमा सच्याएर जाने बताएका छन् ।
कार्यक्रममा प्रमुख जवाफदेही वक्ताका रूपमा त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्ण थापा , उपप्रमुख कमला जोशी न्यौपाने, निमित्त प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाहर नगरप्रवक्ता मीन बहादुर भण्डारी, वडा नं १ देखि ९ सम्मका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखाका कर्मचारीहरू सहभागी रहनुभएको थियो ।
कार्यक्रममा वडासदस्यहरू , राजनीतिक दलका प्रतिनिधि, नगरपालिका अन्तरगतका , कर्मचारीहरू, विव्यस समिति, प्रअ, नागरिक अगुवा, समाजसेवी, बुद्धिजीवी लगायत स्थानिय नागरिकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण न्यायका लागि संचार नेपाल डोटीका अध्यक्ष मोहन शाहीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस