बाजुरा :बुढीगंगा नगरपालिकामा जैविक विविधता बृहत कृषि मेला सञ्चालन गरिएको छ । कृषि मेला कार्यक्रममा कृषकहरुले बारीमा उत्पादन गर्नका लागि उन्नत जातका तरकारी बाली फलफूल र अन्नबारीको बीउ जस्ता बिउहरुको प्रदर्शनी गरिउको थियो । नगरपालिका कृषि शाखा,सहास नेपाल र लिवर्डको संयुक्त सहकार्यमा बृहत कृषि मेला कार्यक्रम गरिएको थियो । नगरपालिमा कृषि क्षेत्रको प्रवद्र्धन र माटोको उर्वरा शक्ति बढाउनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
बुढीगंगा नगरपालीकाका कृषकहर लाई कृषि आधुनिक आधुनिक करणमा लैजान स्थानीय रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्नका लागि कृषि मेला संचालन गरिएको नगरप्रमुख राम बहादुर बानियाले बताएका छन् । कृषि मेलामा प्रदर्शनीमा राखिएका बीउहरु कृषकहरुलाई वितरण गरिएको छ । भने सहास नेपाल बाजुराले पनि लगनशिल कृषकहरुलाई कृषि सामग्री सहयोग गरेको छ । बुढीगंगा नगरपालिकाको वडा नम्बर ६ फालासैनमा संचालन गरिएको जैविक विविधता कृषि मेलामा सहभागी भएका कृषकहरुको तरकारी, फलफुल र अन्न बालीको मुल्यांकन गरी उकृष्ट हुने कृषकलाइ कृषि औजार वितरण गरिएको छ ।
“प्रकृति प्रतिको सद्भाव र दिगो विकास” भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय कृषि जैविक विविधताको अवसरमा उक्त मेलाको आयोजना गरिएको थियो । नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर उप प्रमुख माया खड्का(कुँवर) वडा न १का अध्यक्ष रणबहादुर थापा , वडा न २ का अध्यक्ष पदम भण्डारी लगाएतको उपस्थीति रहेका थिए कार्यक्रम संचालन कृषि शाखा प्राविधिक सिद्धराज जैशीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस