बाजुरा : नेकपा एमाले जिल्ला कमिटी बाजुराले प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यालाई ज्ञापन पत्र बुझाएको छ । जिल्लाको विकास निर्माण कार्यको प्रभावकारी सम्पादन र मनसुजन्य विपद्को पूर्वतयारीको मागसहित १० बुद्धे ज्ञापन पत्र जिल्ला प्रसासनमा बुझाएका छन् ।
एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लाल बहादुर ओलीले सामाजिक शान्ति न्याय, समानता, सद्भाव र सदाचार लगायतका विषयमा ध्यानाकर्षण गदै कार्यान्वयनका लागि आवश्यक पहल गर्न गराउन ज्ञापन पत्र बुझाउनु भएकाे छ ।
बाजुरा बाढीपहिरो, आगलागी, मेगगर्जन, चट्याङ जस्ता प्राकृतिक प्रकोपको जोखिम रहेकाले जोखिम न्यूनीकरण जिल्लामा एकद्धारा प्रणली मार्फत सामुदायिक सचेता, उद्धार र राहतको पूर्वतारीको व्यवस्थापन गर्न माग गरिएको छ ।
नेपाल सरकारले ९८ प्रकारका औषधी निःशुल्क दिने गरेको छ, तर बाजुरामा भने सिटामोल समेत नपाईने अवस्था छ । यसका लागि जिल्ला स्वास्थ्य कार्यालय बाजुराको औषधी खरिद गर्ने प्रक्रिया पारदर्शी हुनुपर्ने र खरिद प्रक्रियाको नियमित अनुगमन गरी सेवाग्राहीलाई निःशुल्क औषधीको प्रायाप्त व्यवस्थापनमा ध्यान दिन माग गरिएको अध्यक्ष आलीले बताएका छन् ।
त्यस्तै जिल्लास्थित सरकारी कार्यालय प्राय निमित्तको भरमा चलिरहेका छन् । कतिपय कार्यालय प्रमुख अन्तै काजमा बसेका सूचना छन् । यसले गर्दा ती कार्यालयले प्रदान गर्ने सेवाको प्रभावकारिता कमजोर हुन्छ । ती कार्यालय प्रमुखलाई अनिवार्य जिल्ला हाजिर गराउन, स्थानीय तहका कार्यक्रमसंग समन्वय गरी कार्यक्रमको दोहोरोपन हटाउन, स्रोतको पूर्ण उपयोग गर्न र शुसान कायम गर्नका लागि जिल्लाका विषयगत कार्यालयलाई निर्देशन दिन माग गरिएको हाे ।
केहि वर्षदेखि अवैध रुपमा किनबेच भईरहको लागूऔषधकाे दलदलमा युवाहरु फस्ने गरेको विषय चिन्ताजनक रहेको बन्दै मदिा व्यवस्थापन, लागूऔषध नियन्त्र गर्न सम्बन्धित स्थानीय तह, प्रशासनको संयुक्त अभियान सञ्चालनका लागि पटक पटक छलफल भएपनि कार्यान्वयन नभएकाले यसको नियन्त्रण र व्यवस्थापन गर्न स्थानीय सरकारलाई सहजीकरण र सुरक्षा संयन्त्रको सक्रियता बढाउन ज्ञापन पत्रमा भनिएको छ ।
बाजुराकाे विकास निर्माण कार्यको प्रभावकारी कार्यान्वयको समेत माग गरिएको छ । प्रदेश सरकारको वित्तीय स्रोतमा सञ्चालित सडक, पुल, सार्वजनिक भवन निर्माणका लागि जिम्मा लिएका व्यवसायीहरुले समयमा काम सम्पन्न नगरी सेवा अवरुद्ध हुने गरेकाले सम्बन्धी व्यवसायीलाई ताकेता गरी कानुन बमोजिम कार्य सम्पन्न गराउन र बडीमालिका नगरपालिका वडा नं. ८ मा पर्ने गडखेत ठुलीसाँगु पुल समेत भत्काएर ठेकेदार वेपत्ता छ, वर्षायाम नजिदै छ, जसले गर्दा आउजाउ गर्ने नागरिकलाई खोला तर्न जोखिम हुने भएको छ । तत्काल व्यवसायीलाई झिकाई अस्थायी काठेपुल निर्माण गराउन माग गरिएको छ ।
बडीमालिकाको त्रिवेणी पाट जस्ता महत्वपूर्ण धार्मिक तथा प्राकृतिक स्रोतका क्षेत्रहरुमा बाजुरा पर्दछ । पछिल्लो समय यी क्षेत्रभित्र छिमेकी प्रदेश तथा जिल्लाका सरकारको लगानीमा संरचना निर्माण गरेर सिमाना अतिक्रमण गरेका देखिन्छ । सिमान कायम गराउन सम्बन्धीत जिल्लामा सर्पपक्षीय बैठक बोलाई छफल गराउँन पनि माग गरिएको छ ।
त्यसैगरी लगातारको विद्युत अवरुद्धले मार्तडी लगायतका उभोक्ताले सास्ती खप्दै आईरहेकाले सम्बन्धीत निकायलाई नियमत विद्युत आपूर्ति गराउँन निर्देशित गराउन र कोल्टीमा इलका प्रशासन कार्यालय, बुढीगंगाको टाँटे इलाका प्रहरी कार्यालय स्थापनका लागि गरिएका प्रायस तथा जडाङ्गास्थित बुढीगंगा नदीमा रहेको बेलिब्रिज कोल्टीको दानसाँगुमा सार्ने निर्णय कार्यान्वयन गराउन समेत ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस