काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आधारभूत कुरा पूरा गर्न नसके सरकारबाट बाहिरिने बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहिबार आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा महामन्त्री थापाले जनताको कुरा गर्दा वास्ता नगरे सरकारबाट बाहिरिने बताएका हुन् ।
थापाले भने, ‘हाम्रा केही आधारभूत कुराहरू छन् त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिने छौँ । उयो सरकारबाट मात्रै होइन हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौँ।’
थापाले पुराना नेताका काण देशमा बेचैनी बढिरहेको बताए । ‘नागरिकले जसका कारणले असन्तुष्टि र बेचैनी बढिरहेको महसुस गरेका छन्, उसैलाई ड्राइभिङ सिटमा देखिरहेका छन् । हामी अब यो गाडी तिम्ले चलाएर हुँदैन भनिरहेका छौँ। यसका लागि काम गरिरहेका छौँ।’
प्रतिक्रिया दिनुहोस