शनिबार, १४ बैशाख २०८२

प्रहरी प्रमुख गिरीको सरुवा, इकबाल हवारी बाजुरा आउँदै

बाजुरा: जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीको सरुवा भएको छ । २०८० चैत्र ८ गते सरुवा भएर बाजुरामा आएका गिरीको सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको सरुवा सम्बन्धी सूचना अनुसार डिएसपी गिरीको सर्वोच्चरविशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई रामशाहपथमा 
 सरुवा भएको उहाले बताए ।

 गिरीको सरुवापछि बाजुरा प्रहरी प्रमुखमा इकबाल हवारी आउने भएका छन् । उहाँ राष्ट्रिय सुरक्षा परिषद् सचिवालयबाट सरुवा भएर बाजुरा आउन लागेका बताए ।

प्रतिक्रिया दिनुहोस