बाजुरा: नेपाली काङ्ग्रेस बाजुराका पुर्व पार्टी सभापति कविराज पण्डित र नेपाल पत्रकार महासङ्घ बाजुराका सह सचिव तथा प्रेस युनियन बाजुराका काेषाअध्यक्ष जनक बाेहराले आफ्नो जन्मदिन अवसरमा अस्पताल बाजुराकाे परिसरमा वृक्षराेपण गरेका छन्।
पण्डित र बाेहराले आफ्नो जन्मदिनको अवसरमा आज विहान जिल्ला अस्पताल बाजुराकाे परिसरमा वृक्षरोपण गरेका हुन्। जिल्ला अस्पताललाई‘ग्रीन गार्डेन’हस्पिटलकाे रुपमा बदल्न पछिल्लो समय बृक्षराेपण कार्य भईरहेकाे छ । जन्मदिनको अवसरमा अन्य फजुल खर्च गरेर रमाउनु भन्दा बृक्षराेपण गरेकाे खण्डमा अस्पतालकाे वातावरण सफा,स्वच्छ रहनुका साथै बिरामीहरुलाई साैन्दर्य वातावरण रमाउन सहज हाेस् भन्ने उदेश्यका साथ जन्मदिनको अवसरमा वृक्षराेपण गरिएको पण्डित बाेहराले बताएका छन्।
प्रतिक्रिया दिनुहोस