बाजुरा ः बुढीगंगा नगरपालिका-७ का स्थानीयले वडा अध्यक्ष भुवनसिंह केसीलाई वडा कार्यालय खै भनेर प्रश्न साेधेका छन् ? । बड्डेलीचौरमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाबासीले दुई कार्यकालसम्म वडा कार्यालयको प्रशासनिक भवन किन बनेन् ? तेहाँका जनताले प्रश्न सोधेका हुन् ।
दुई कार्यकाल समालेका वडा अध्यक्ष केसीलाई वडा कार्यालयको भवन बन्न नसक्नु कसको कमजोरी हो भनेर स्थानीयले आक्रोश पोखेका छन् ।वडाका नागरिकलाई सिफारिसदेखि अन्य दैनिक प्रशासनिक कामकाजका लागि वडा कार्यालयको भवन नबन्दा समस्या झेल्दै आएपछि उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा तत्काल बनाउनुपर्ने माग राखेका हुन् ।
वडाका कुनैपनि गतिविधि प्रभावकारी ढंगबाट सञ्चालन नहुनु आफुहरुका लागि दुर्भाग्य भएको भन्दै व्यवस्थापनका नाममा लाज ढाक्ने काम बाहेक नभएको टिप्पणी गरेका छन् ।
संघीयता सिंगो बाजुराबासीका लागि आएको होला भन्ने लाग्थ्यो तर बुढीगंगा नगरपालिका-७ बासी पूरानै अवस्थामा रहेको उनीहरुको भनाई रहेको थियो ।
वडाका कुनै पनि गतिविधि सञ्चालन हुदाँ सिंगो वडाबासीले जानकारी समेत पाउन मुस्किल हुने गरेको भनाई स्थानीय रहेको थियो । यता वडा अध्यक्ष भुवनसिंह केसीले पनि प्रश्न यथार्थ भएको स्वीकार गरेका छन् ।
स्थानीय नागरिकका प्रश्नको जवाफ दिदैं समस्या रहेको स्वीकार गरेका हुन् । नगर सरकारको सौतेनी व्यवहारका कारण वडा कार्यालयको प्रशासनिक भवन बन्न नसकेको भन्दै जवाफको उत्तर दिएका छन् ।
स्थानीयका आधारभूत समस्या पनि हालसम्म वडाले जनताका समाधान गर्न नसकेको भनेर गुनासो पोखेका हुन् । सुशासनको पक्षलाई बलियो बनाएर जनताका जनजीवन र आधारभूत आवश्यकताई वडा र नगर सरकारले पूरा गर्न माग राखेका छन् ।
उता नगर प्रमुख रामबहादुर बाँनियाले नगरले विभेद गरेको दोहोरो चरित्र गरेको भन्ने आरोपको सार्वजनिक सुनुवाइ कार्यक्रममा खण्डन समेत गरेका छन् ।
वडामा अन्य वडाको हिसाबमा बढी बजेट विनियोजन गरेको बताउदैं वडा कार्यालयका लागि रकम नलिएर निर्माण गर्ने गरी आफु नगरमा निर्वाचित हुनु पूर्व ठेक्का भएको बताएका छन् ।
अघिल्लो कार्यकालमा समेत व्यवस्थापन गर्न नसकेको वडा कार्यालयको जग्गा पनि वडा अध्यक्ष आफ्नै भनेको तर वडाको केन्द्र पनि सार्ने भन्ने भएपछि विवाद भएको बताएका छन् ।
जग्गा निःशुल्क दिने भनेपछि वडा अध्यक्षले भनेपछि वडा कार्यालयको भवन निर्माण गर्ने भनेको तर वडाको नाममा नआएको र वडा अध्यक्षले गएको असारसम्म ल्याउछु भनेर बारम्बार कार्यपालिकाको बैठकमा भनेकोले नगर दाेष नभएकाे बताएका छन् ।
शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई थप ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । बुढीगंगा नगरपालिकाले यतिबेला वडा स्तरका सार्वजनिक सुनुवाई कार्यक्रममा व्यस्त रहेको छ । पालिकाले सम्पादन गर्ने कामको समीक्षा र आगामी योजना बारे जानकारी लिने गरी कार्यक्रम आयोजना गर्ने गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।
१० वटै वडामा कार्यक्रम गर्ने, जनताका धारणा बुझ्ने, सुझाव लिने र पालिकाको योजना सुनाउने गरिएको छ । वडा अध्यक्ष भुवनसिंह केसीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल पत्रकार महासंघ बाजुराका तर्फबाट सहजीकरण गरिएको कार्यक्रमका सहभागीले वडाले सम्पादन गर्ने योजना प्रति त्यति सन्तुष्ट नरहेको बताएका छन् ।
सहभागीहरुले टोल र बस्ती स्तरका समस्यालाई विशेष ध्यान दिन आग्रह गर्दै खानेपानी, सिँचाई, शिक्षा र स्वास्थ्य सुधारमा जोड दिएका छन् । “शिक्षा स्वास्थ्य, कृषि पर्यटन र पूर्वाधार सुरक्षित र समृद्ध विकास” भन्ने मुल नारा सहित कार्यक्रम आयोजना गरिएको हो ।
गएको आर्थिक वर्षदेखि चैत्र ३१ सम्मका योजना, कार्यक्रम बारे छलफल तथा समीक्षा गरिएको छ । वडामा आधारभूत समस्या सबै भन्दा बढी रहेको भन्दै स्थानीयले वडा र नगर सरकारलाई गम्भीर भएर व्यवस्थापन गर्नुपर्ने व्यापक माग राखेका छन् ।
नगर प्रमुख रामबहादुर बाँनिया प्रमुख अतिथि र माया खड्का कुवँर विशेष वक्ता रहेको कार्यक्रमको सहजीरण नेपाल पत्रकार महासंघ जिल्ला, शाखा बाजुराका उपाध्यक्ष रमित विकले गरेका हुन् ।
बड्डेलीचौरमा सञ्चालन गरेको कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य पार्टीका प्रतिनिधि, पत्रकार लगायत स्थानीयको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस