बिहिबार, ०३ असोज २०८१

अनेरास्ववियु बाजुरा क्याम्पस कमिटीको संयोजकमा प्रकाश खड्का चयन

बाजुरा : अनेरास्ववियु बाजुरा क्याम्पस कमिटीको संयोजकमा प्रकाश खड्का चयन भएका छन् । बाजुरा क्याम्पसमा अध्यनरत खड्का यस अघि क्याम्पस प्रारम्भिक कमिटीको सचिव थिए । अध्यक्ष लक्ष्मण रोकाया नेपाल खेलकुद महासंघको अध्यध्यमा निर्वाचित भएपछि खड्कालाई संयोजकको जिम्मा दिइएको हो । 

समितिको संयोजक प्रकाश खड्का, सहसंयोजक उमेश रोकाया सहीत ३३ जनाको आयोजक कमिटी गठन गरेको हो । रोकायाले प्रारम्भीक कमिटीको निर्णय पुस्तिका समेत संयोजक खड्कालाई आजै हस्तान्त्रण गरि सफल कार्यकालको शुभकामना दिएका छन् । कमिटीले केही महिना भित्रै भेला बोलाएर नयाँ नेतृत्व चयन गर्ने भएको छ । 

क्याम्पस कमिटीको अधिवेशन गर्ने र नयाँ नेतृत्व चयन गर्ने गरि कमिटी संयोजकको जिम्मा प्रकाश खड्कालाई दिइएको निवर्तमान अध्यक्ष लक्ष्मण रोकायाले बताएका छन् । बाजुर क्याम्पसका नियमित विद्यार्थी र अनेरास्ववियुका आश लाग्दा नेतालाई क्याम्पस प्राक कमिटीको जिम्मा दिएको रोकायाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस