आइतबार, ०७ पुष २०८१

मार्तडी कोल्टी सडक तीन दिन भित्र सुचारु हुने, सडक मर्मत सुरु

जिल्ली कोल्टी सडक बुधबारबाटै सुचारु

बाजुरा : बर्षादका कारण अवरुद्ध बनेको मार्तडी कोल्टी सडक तीन दिन भित्र सञ्चालनमा आउने भएको छ । असार अन्तिम साताबाट अवरुद्ध सडक आगामी दिन दिन भित्र मर्मत कार्य सकाएर सुचारु हुने बडीमालिका नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।

सडक मर्मतको काम आजैबाट सुचारु भएको छ । भौतिक पूर्वाधार विकास कार्यालय साँफे र बडीमालिका नगरपालिकाको सयुक्त सहकार्यमा सडक मर्मत कार्य सुचारु गरिएको हो । लगातारको बर्षादका कारण बडीमालिका ७ जिल्लीमा ठूलो पहिरो लागेको छ । 

जिल्ला देखि माथि भत्केको स्थानमा मर्मत गरि आजैबाट जिल्ली कोल्टी सडक सुचारु भएको छ । भने जिल्ली पहिरोको व्यवस्थापन गर्न तीन दिन लाग्ने भौतिक पूर्वाधार विकास कार्यालय प्रमुख रुद्र बोगटीले बताएका छन् । 

कार्यालय प्रमुख बोगटी सहीतको टिम बाजुरा आएको छ । सडकको अवस्था बारे जानकारी लिन बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्का नेतृत्वको टोली पनि आजै जिल्ली पुगेको थियो । बडीमालिका नगरपालिकाले पानी रोकिएसँगै लगत्तै बाटो मर्मत गर्न पहल थालेको थियो ।

जिल्ली पहिरोमा होम पाइप हालेर सडक सुचारु गर्ने तयारी प्राविधिकको टिमले गरेको छ । कालोपत्रेको काम भइरहेको मार्तडी कोल्टी सडक बर्षादको समयमा बन्द हुने गरेको छ । यो पटक पनि बन्द भएको थियो । असोजसम्म सुचारु गर्न मुस्कील हुने सडक यो वर्ष भने भदौमै सुचारु हुने अवस्थामा पुगेको छ ।

सडक बन्द हुँदा कोल्टीसम्मको यात्रा पैदल गर्नु पर्ने र बीच बीचमा जीप बदलेर जाँदा महँगो भाडा तिर्नू पर्ने यात्राहरुसँग बाध्यता थियो । बोकेर समान लैजानु परेपछि कोल्टी क्षेत्रका स्थानीयलाई महँगीको मार समेत खेप्नु परेको थियो । 

एउटै समानको मूल्यमा मात्रै ५ देखि २० रुपैया बढी तिर्नु परेपछि कोल्टी क्षेत्रका चार स्थानीय तह र छिमेकी जिल्ली मुगु, हुम्लाका नागरिकलाई सास्ती बेहोर्नु परेको थियो । बाटो सुचारु हुने भएपछि स्थानीयलाई राहत हुने भएको छ । भने दशैं तिहारमा घर फर्किनेहरुका लागि समयमै बाटो सुचारुको खबरले खुसी तुल्याउने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस