बिहिबार, ०३ असोज २०८१

तालको सुन्दरता बढाउन छेडेदहमा वृक्षारोपण

सबै राजनिति दलकको सहभागितामा ४ सय बढी  बोट रोपियो

बाजुरा :  खप्तड छेडेदह गाउँपालिका वडा न . ४, ५ र ७ को बिचमा अवस्थित छेडेदह तालमा श्री कृष्ण जन्माष्टमीको  अवसर पारी छेडेदह तालमा वृक्षारोपण गरिएको छ । 

लभदह अर्थात छेडेदह गाउँपालिकाको शान संरक्षण र प्रबर्द्धनको जिम्मेवारी हाम्रो अभियान भन्ने मुल नारा सहित यहीँ भाद्र २० गते श्रीकृष्ण जन्माष्टमी दिन वृक्षारोपण गरिएको हो । छेडेदह साहित्य प्रतिष्ठानको आयोजना र खप्तड छेडेदह गाउँपालिकासँगको सहकार्यमा वृक्षारोपण गरिएको  छेडेदह साहित्य प्रतिष्ठानका अध्यक्ष गणेश बुढा (जिएन ) ले जानकारी दिएका छन् ।  अध्यक्ष बुढाका अनुसार अशोक, स्वामी,  स्थानीय लगायत करिब साढे ४ सय बढी बोटहरु रोपिएको बताइएको छ । 

No description available.पालिका भित्रका स्थानीय, शिक्षक, कर्मचारी, विद्यार्थी, राजनिति दल,  पालिकाका जनप्रतिनिधी, सबैको सहभागितामा वृक्षारोपिण गरिएको उनले बताएका छन् । तालको संरक्षण संगै पहिरो रोकथामका लागि वृक्षारोपण गरिएको अध्यक्ष बुढाले बताए । छेडेदहमा करिब बिश बढि प्रजातिका बिरुवाहरु रोपिएका थिए । उक्त तालमा रोपिएका बिरुवाहरुको संरक्षण गर्नेसके ताल नजिकै पुगेको पहिरो रोकथाममा सहयोग पुग्नुका साथै तालको आर्कषकले थप महिमा बढ्ने सहभागीहरुले विश्वास गरेका छन ।

उक्त बृक्षारोपण कार्यक्रममा जनप्रतिनिधिलगायत करिब १५ सय बढि आन्तरिक पर्यटकहरु ताल हेर्नका लागि आएका थिए । तालको आँगनमा भएको औपचारिक कार्यक्रममा छेडेदह साहित्य प्रतिष्ठानका अध्यक्ष गणेश बुढाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिति गाउँपालिका अध्यक्ष दिल बहादुर रावत रहेका थिए भने विशिष्ट अथितिमा उपाध्यक्ष विशुदेवि नाथ रहेकी थिइन् ।

No description available.उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले छेडेदह तालको संरक्षण र प्रबद्र्धनका लागि निरन्तर लागिरहेको र आगामी दिनमा पनि यसलाई प्रमुख प्रथामिकतामा राखेर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । । कृष्णजन्माष्टमीको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गर्न छेडेदह साहित्य प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै उनले भने रोपिएका बिरुवाको संरक्षण र रेखदेख गर्नका लागि तत्काल पालिकाबाट एक जनालाई राख्ने बताएका छन ।

No description available.त्यस्तै तालको संरक्षण र प्रबद्र्धनका लागि सबै संग समन्वय भइरहेको र तालमा रहेको सिमाना विवादलाई पनि तत्काल समाधानमा पुर्याउने बताए । छेडेदह तालको विकास, संरक्षण तथा प्रबद्र्धका लागि वडा, पालिकासहित सबैले ऐक्यबद्धताका साथ रातदिन नभनि लाग्नु पर्ने उपाध्यक्ष बिशुदेवि नाथले बताएकी छन । छेडेदह तालको संरक्षण तथा विकास गरि यसलाई बचाउन नसके गाउँपालिकाको नै अस्तित्वसमेत नरहने भएकाले सबैले एक जुट भएर लाग्नुपर्नेमा विभिन्न राजनितिक दलमा प्रतिनिधिहरुले जोड दिएका छन ।

No description available.वृक्षारोपण रोपण कार्यक्रममा नेकपा एमाले गाउँ कमिटि अध्यक्ष गोपाल बुढा, नेकपा माओवादी केन्द्र गाउँ कमिटि अध्यक्ष देवबहादुर धामी, नेपाली काँग्रेसका नेता तथा कार्यक्रता, वडा नंः ७ का वडा अध्यक्ष खगेन्द्र रावत, ४ का अध्यक्ष दलबहादुर धामी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
No description available.प्रकृतिकै अनुपम उपहार, छेडेदह गाउँपालिकाको मात्र नभैई जिल्लाका एतिहासिक महत्त्व बोकेको पर्यटकिय सम्भावना भएको  छेडेदह ताल संरक्षण र प्रबर्द्धनको अभावका कारण ओझेलमा छ । तीन वटै तहका सरकारबाट समेत अपहेलित हुँदै आएको यो तालको संरक्षण र प्रबर्द्धनमा नयाँ पुस्ताले चाँसो देखाउदै आएको भएपनि सरोकारवाला निकाय र सरोकार राख्नुपर्ने व्यक्ति नै जिम्मेवार देखिदैनन् ।

No description available.उसो त नजिकैको तिर्थ हेला भने झैँ स्थानीय सरकारबाटै ओझेल छ । गाउँ गाउँमा सिंहदरवार नामको संघीयता आएको झण्डै ७ वर्ष पुगिसक्दा पनि तालको अवस्था फेरिएको छैन। बरु पहिरोका कारण एक मात्रै गर्व गर्न लायक सम्पदा मासिने जोखिम छ ।
 64f9b1d21fa9dलभ आकारको देखिने प्रेमिल ताल छेडेदह  विशेष गरि प्रेम जोडीहरुका लागि पर्यटकिय गन्तव्य जस्तै बनेको छ । प्रेमी प्रेमीकाहरु आउने, तस्बिर कैद गर्ने, टिकटक बनाउने र छेडेदह तालको सुन्दरता संगै रमाएर सुखदुःखका कुराकानी गर्दाको अर्कै आनन्द महसुस हुने त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरु बताउन्छन् ।

No description available.तालको मनोरम दृश्य, हरियाली बनजङ्गलको दृश्यले जोकोहीको मन लोभ्याउने गर्छ । बुढीगंगा, त्रीवेणी नगरपालिका, छेडेदह गाउँपालिकाका विभिन्न ठाउँबाट त्यहाँ आन्तरिक पर्यटकहरु पुग्ने गरेको भएपनि बेलुका सस्ती खेपेर फर्किनु पर्ने बाध्यता छ । बनभोज खानेहरु समेत टाढाटाढा आउने गरेका छन् । टाढाटाढाबाट त्यहाँ पुग्नेहरु रमाइलो गर्ने उदेश्यले आएका भएपनि सामान्य बत्तिको व्यवस्था समेत नहुँदा खिन्नता बोध गरेर फर्किन्छन् ।

प्रतिक्रिया दिनुहोस