आइतबार, ०७ पुष २०८१

निरही नगरपालिका : अस्तव्यस्त मार्तडी बजार, सवारी व्यवस्थापन मै सकस

मार्तडी बाजुरा जिल्लाकै सदरमुकाम हो । नौ वटै पालिकाका स्थानीयको प्रमुख मुकाम र जिल्लाको प्रमुख बजार हो । जिल्ला बाहिरबाट आउनेहरुले पनि बाजुराको अवस्था मार्तडी बजारको व्यवस्थापनबाटै बुझ्ने गर्छन् । तर यस्ता साझा सवाल र सरोकारका विषयमा नगरपालिका निकै निहरी छ । जनप्रतिनिधीले समेत यस्ता विषयमा चासो चिन्ता कमै लिने गरेको पाइन्छ ।

आइतबार १८, चैत २०८० ०६:५२

शैक्षिकसत्र अगावै आइपुगे बाजुरामा पाठ्यपुस्तक

आफ्ले जिम्मेवारी लिएका गौमुल गाउँपालिका, बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा किताब पुगिसकेको बताएका छन् ।

आइतबार १८, चैत २०८० ०७:२७

रानीवनको टोली सि डिभिजन लिग खेल्न काठमाडौं प्रस्थान

रानीवनले २०७६ सालदेखि सि डिभिजन खेल्न सुरु गरेको हो । सि डिभिजनको मान्यताका लागि भाग लिएकै वर्ष रानीवनले सि डिभिजनको मान्यता पाएको थियो । यो खेल बि डिभिजनमा बडुवाका लागि खेल्न लागेको हो ।

आइतबार १८, चैत २०८० ०७:५५

ओलीको उपस्थितिमा जनसांस्कृतिक महासंघले सांस्कृतिक साँझ गर्दै

आगामी ३० गते काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक साँझको आयोजना गर्न लागिएको र त्यसको तयारी तीव्र भइरहेको उनले बताएका छन् । ‘दार्चुलाको कालापानीदेखि ताप्लेजुङको ओलाङ्चुङ गोलासम्मको मौलिक नाच हामीले सांस्कृतिक साँझमा देखाउने छौँ’, उनले भने, ‘आजसम्मकै सबैभन्दा फरक र मौलिक कार्यक्रम हुने छ हाम्रो ।’

नेपालको मौलिकता नेपालीको शान, कला र संस्कृति हाम्रो पहिचा

सोमबार १९, चैत २०८० १२:३७

रेशम रञ्जीताको नागरिक उन्मुक्तिमा दुई पक्षबीच कुटाकुट

विधी, न नियमको पालना नत कुनै एजेण्डा र उदेश्य । परिवार र आफूलाई फाइदा पुग्ने बाहेक अर्को एजेण्डा र कुराहरुको मात्रै बहस छलफल हुने पार्टीको रुपमा नागरिक उन्मुक्ति स्थापित भएको छ । जसमा कारण रेशम चौधरी दम्पत्तिबीचको विवादले विभाजनको मुखमा पुगेको छ ।

सोमबार १९, चैत २०८० ०१:०८

सुदूरपश्चिममा पहिलो पटक डिजिटल प्रविधी मार्फत खेल प्रतियोगिता हुने

धनगढी टेनिङ्ग सेन्टर प्रालिको आयोजनामा खेल प्रतियोगिता हुन लागेको हो । लुडो, चेक र कार रेश प्रतियोगिता हुन लागेको धनगढी टेनिङ्ग सेन्टर प्रालिका प्रमुख विनोद खड्काले बताएका छन् । आधुनिक प्रविधीमा युवा विद्यार्थीलाई जोड्न प्रतियोगिता हुन लागेको खड्काm् जानकारी दिएका छन् ।

सोमबार १९, चैत २०८० ०१:२६

अन्योलका बीच चैत्र २२ गते विश्वासको मत लिदैं सुदूरपश्चिमका मुख्यमन्त्री शाह

प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का ५ सांसदलाई मन्त्री बनाएका छन् । तर सरकारलाई समर्थन गर्ने÷नगर्नेबारे नाउपामा चर्को विवाद छ । सरकारमा नभएका नाउपाका अरु दुई सांसद समर्थन नगर्ने पक्षमा देखिएका छन् ।

मङ्गलबार २०, चैत २०८० १२:३८

चैत्र २१ मा एमाले बाजुराको बैठक बस्दै, तेस्रो पटक अधिवेशनको मिति तोक्ने तयारी

पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेश कमिटीमा गएपछि पदाधिकारी मध्येबाट सचिवलाई संयोजक बनाउने कि पहिलेकै अध्यक्षबाट अधिवेशन गर्ने भन्नेमा सुरुदेखि विवाद भएको थियो । सुरुमा पहिलेकै कमिटीले अधिवेशन गर्ने निर्णय गरिएको थियो । पछि त्यो विधान विपरित भन्दै संगठन विभागमा उजुरी परेको थियो ।

मङ्गलबार २०, चैत २०८० ०३:०३

चेतन अयडी हत्या आरोपी थप ९ जनालाई पूर्वक्षका लागि थुनामा राख्न आदेश

हत्याको आरोप सहीत २४ जना विरुद्ध उजुरी गरिएको छ । कृरु र विभत्स तरिकाबाट हत्या गरिएको आरोप सहीतको उजुरीमा ६ जनाको यस अघि नै थुनछेक आदेशबाट पूर्वक्षका लागि थुनामा राखेर अनुसन्धान भइरहेको छ । केहीलाई भने सर्वोच्च अदालतले साधारण तारिखमा छाड्न आदेश दिएको छ ।

बुधबार २१, चैत २०८० ०१:२६

बाजुराको हिमालीमा लडेर महिलाको मृत्यु

बुधबार बिहान घरबाट घाँस खाट्न गएकी ४१ बर्षिया बुढथापा बिहान करिब १० बजे स्थानिय बालभिटा भिरबाट करिब २ सय मिटर तल खस्नुभएको आफन्तले लंक कार्कीले बताउनुभयो । घरमा श्रीमान ३ छोराछोरी सहित ४ जना परिवार रहेकोे आफन्त कार्कीले बताउनुभयो ।

बुधबार २१, चैत २०८० ०३:०५

मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिताको निर्देशन

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार नै विश्वासको मत लिँदैछन् । हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन् ।

बुधबार २१, चैत २०८० ०३:११

एमाले बाजुराको अधिवेशन जेष्ठ १ देखि ३ गतेसम्म मार्तडीमा हुने, बैशाख २४ गते प्रतिनिधी छनोट

एमाले बाजुराले जिल्ला अधिवेशनका लागि मिति तय गरेको यो तेस्रो पटक हो । यस अघि पौष २६ र २७ गते कोल्टीमा र चैत्र १६ र १७ गते मार्तडीमा गर्ने गरि मिति तोकिएको थियो । जेष्ठ भित्र गरिसक्नु पर्ने पार्टी केन्द्रको सर्कुलर अनुसार नै सबै तिरको उचित व्यवसपन र तयारीका साथ अधिवेशन भव्य रुपमा गर्न लागिएको उपाध्यक्ष बोहराले जानकारी दिएका छन् ।

बुधबार २१, चैत २०८० ०८:०१

गौमुलका दुर्गम गाउँमा स्वास्थ्य शिविर

दुर्गम क्षेत्रका नागरिकले पनि सहजै उपचार पाउन भन्दै सबै वर्गका मानिसहरुलाई लक्षित गरी प्रत्येक वडामा स्वास्थ्यकर्मीको टोली सहितको एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

शुक्रबार २३, चैत २०८० ०७:५५

रानीवन सि डिभिजन लिगको पहिलो खेलमा बराबरीमा रोकियो

एन्फा फुटबल मैदान सातदोबाटोमा भएको खेलमा रानीवनले सुरुवादी अग्रता लिएको थियो । त्यसको लगत्तै महावीर फुटबल क्लबले गोल फर्काएर बराबरी गरेको थियो । असार पहिलो सातासम्म चल्ने खेलमा सि डिभिजन मान्यता पाएका १४ टिम बीच प्रस्तिस्पर्धा हुनेछ ।

शुक्रबार २३, चैत २०८० ०८:२८

सुहाङकाे उम्मेदवारी दर्ता- प्रस्तावक एमालेका रवीन्द्र र समर्थकमा माओवादीका धीरेन्द्र

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ ९प्रेमदीप०ले मनोनयन दर्ता गराएका छन् । उनी पहिचान पक्षधरका तर्फबाट उम्मेदवार हुन चाहन्थे । उनको स्थानमा डाकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएपछि उनी जनमतबाट उम्मेदवार बनेका हुन् ।

शनिबार २४, चैत २०८० ०३:४३

बझाङमा १२ जनाको उम्मेदवारी दर्ता, सत्ता गठनबन्धका सबै दलले उम्मेदवार उठाए

गत ५ असारमा प्रदेश सरकारका मन्त्रीसमेत रहेका सिंहको सवारी दुर्घटनामा परेर निधन भएको थियो। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले अहिले हुन लागेको उपनिर्वाचनका लागि शनिबार निर्धारित गरिएको समयमा १२ जनाको उम्मेदवारी दर्ता भएको बताएका छन् ।

शनिबार २४, चैत २०८० ०७:४७

बुढीगंगाका गर्भवती र सुत्केरीलाई कोशेली बाँड्न उपप्रमुख घरदैलामा

क्रमस ४, ५, ६, ७, ८, ९ र १० नम्बर वडामा पुगेर वितरण गर्ने कार्यक्रम राखिएको छ । राज्यले सत्केरी प्रोत्साहन भत्ता वापतको रकम उपलब्ध गराएपनि पालिकाको तर्फबाट पनि प्रोत्साहनका लागि कोशेली कार्यक्रम राखिएको छ ।

शनिबार २४, चैत २०८० ०७:५६

बझाङमा एमाले प्रवेशको लहर, विवेकशिल साझाका जिल्ला संयोजक सहीत ५ जना एमाले प्रवेश

नेपाली काँग्रेस परित्याग गरि पशुपति सिंह, गजेन्द्र ओली, विशाल कठायतले पनि एमाले प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटव्यूरो सदस्य राजेन्द्र रावल, केन्द्रीय सदस्य ऐन महर, प्रदेश सभा उम्मेदवार दम भण्डारीले स्वागत गरेका हुन् । प्रवेशको लहर नियमित राखिएको एमाले नेताहरुले बताएका छन् ।

शनिबार २४, चैत २०८० ०८:२१

बाजुरामा पनि मनाइयो स्वास्थ्य बीमा दिवस : विपन्नको साहरा बनेकोमा सेवाग्राही खुसी

आठौं बार्षिक उत्सव कार्यक्रम बाजुरामा पनि मनाएको बाजुरा जिल्ला संयोजक तारा रोकायाले जानकारी दिएकी छन् । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीता विषय सरोकारवाला निकाय बीच अन्र्तक्रिया गरि दिवस मनाइएको हो । बाजुरा जिल्ला अस्पतालमा आठ वटा दीप प्रज्वलन गरि औपचारिक कार्यक्रम आयोजना गरिएको हो ।

आइतबार २५, चैत २०८० १२:५२

बाजुराको क्रियटर जोन ऐकेडेमीमा खेल सप्ताह सुरु, भलिबल, फुटबल र व्याडमिन्टन एकसाथ आयोजना

समग्र खेल क्षेत्रको विकास र खेल प्रति खेलाडीको आकर्षण बढाउन विद्यालयका तर्फबाट खेल सप्ताह सुरु गरेको हो । एक साथ महिला र पुरुष दुबैका लागि खुला भलिबल, फुटबल र व्याडमिन्टल खेला सञ्चालन गरेको छ ।

सोमबार २६, चैत २०८० ०६:०८

खप्तड छेडेदहमा लाजमर्दो शैक्षिक नतिजा, दरबन्दी भएकै विद्यालयमा निल, १८ प्रतिशत विद्यार्थी  उत्तीर्ण

७ वटा वडा मध्ये सबैभन्दा बढी कमजोर उत्तीर्ण दर १ नम्बर काँडामा देखिएको छ । दुर्गा भवानी आधारभुत विद्यालय निल भएको छ । भने पुरै दरबन्दी भएको काँडा भवानी माविमा ५३ जना मध्ये १ जनाले मात्रै उत्तीर्ण गरेका छन् । त्यसपछि ६ नम्बर वडाको जाल्पा मावि र बह्मदेव आधारभुत विद्यालयको नजिता निकै कमजोर देखिएको छ ।

मङ्गलबार २७, चैत २०८० ०१:४१

छैटौं प्रयासमा पूरा भयो यामलाल कँडेलको मुख्यमन्त्री बन्ने सपना

नेकपा एमाले र माओवादी केन्द्रको सहमतिमा माओवादीका महेन्द्रबहादुर शाही २०७४ फागुन ३ गते मुख्यमन्त्री बने । त्यसबेला एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रदेश सरकारको नेतृत्व गर्ने भन्ने सहमति थियो । तर, एमाले र माओवादी नै छुट्टिएपछि सहमति कार्यान्वयन हुन पाएन । जसअनुसार २०७७ असोज २४ गते कँडेलले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव नै ल्याए । तर, उक्त प्रस्ताव पनि फेल खायो ।

मङ्गलबार २७, चैत २०८० ०८:१७

बुढीगंगामा बेहालको शैक्षिक नतिजा, कक्षा ५ मा ८ र ८ मा १७ प्रतिशत विद्यार्थी  उत्तीर्ण

अघिल्लो शैक्षिक सत्रको अवस्थामा केही सुधार आएको भएपनि नतिजा देखाउन मिल्ने अवस्थामै नरहेको देखिन्छ । गएको वर्ष कक्षा ५ को ३ र ८ को ८ प्रतिशत नतिजा थियो । यो वर्ष केही हदसम्म सुधार भएको छ । प्रतिशतमा सुधार भएपनि समग्र अवस्थामा अझै चिन्ताजनक र लाजमर्दो अवस्था देखिएको पालिकाका जनप्रतिनिधीले बताएका छन् ।

बुधबार २८, चैत २०८० ०९:१७

मत माग्न जनताको घरदैलोमा एमाले नेताहरु

एमालेले चैत २५ गतेबाट तलकोट गाउँपालिका देखिसुरु गरेको चुनावी अभियान बैशाख १२ गते थलारा गाउँपालिका–९ को मालुमेलामा गएर टुंग्याउने भएको छ । १२ गते थलारा गाउँपालिका–९ का सबै टोलमा घरदैलो, भेटघाट गर्ने जिल्ला कमिटिको निर्णय अनुसार प्रचार प्रसारमा हिँडेको नेकपा एमालेका केन्द्रिय सदस्य ऐन महरले बताए ।

बुधबार २८, चैत २०८० ०१:०८