बिहिबार, ०३ असोज २०८१

खप्तड छेडेदहमा लाजमर्दो शैक्षिक नतिजा, दरबन्दी भएकै विद्यालयमा निल, १८ प्रतिशत विद्यार्थी  उत्तीर्ण

६०९ जना विद्यार्थी मध्ये ११२ जना मात्रै पास, ११८ ग्रेड परीक्षामा भाग लिन नपाउने गरि फेल

बाजुरा : खप्तड छेडेदह गाउँपालिकामा शैक्षिक गुणस्तर खस्कीदो अवस्थामा देखिएको छ । कक्षा ८ मा लिएको पालिका स्तरीय परीक्षामा उत्तीर्ण हुने विद्यार्थीको संख्या १८.३९ प्रतिशत मात्रै रहेको तथ्याकंले देखाएको छ । कुल ६ सय ९ जना विद्यार्थी मध्ये १ सय १२ जनाले मात्रै उत्तीर्ण गरेका छन् । 

७ वटा वडा मध्ये सबैभन्दा बढी कमजोर उत्तीर्ण दर १ नम्बर काँडामा देखिएको छ । दुर्गा भवानी आधारभुत विद्यालय निल भएको छ । भने पुरै दरबन्दी भएको काँडा भवानी माविमा ५३ जना मध्ये १ जनाले मात्रै उत्तीर्ण गरेका छन् । त्यसपछि ६ नम्बर वडाको जाल्पा मावि र बह्मदेव आधारभुत विद्यालयको नजिता निकै कमजोर देखिएको छ ।

२३ जना विद्यार्थी रहेको बह्मदेव आधारभुत विद्यालयमा ३ जनाले उत्तीर्ण गरेका छन् । भने ३० जना विद्यार्थी रहेको जाल्पा माविमा १ जनाले मात्रै उत्तीर्ण गरेका छन् । पालिकाको १ र ६ नम्बर वडा सबैभन्दा बढी राजनीति हुने वडामा परिचित छन् । विद्यालयका शिक्षक देखि जनप्रतिनिधीहरु पनि राजनीतिक आरोप प्रत्यारोपमै सक्रिय रहने आरोप लाग्ने गरेको छ । 

१ नम्बर वडा वीरबहादुर रावल अध्यक्ष अध्यक्ष छन् । भने ६ नम्बर वडा हर्क बहादुर विष्ट अध्यक्ष छन् । पालिका उपाध्यक्ष बीसुदेवी नाथ पनि ६ नम्बर वडाकै स्थानीय हुन् । अन्य विद्यालयको नजिता हेर्दा पनि लाजमर्दो नै देखिएको छ । ग्रेसवृद्धि प्रणाली अनुसार परीक्षा लिएपछि वास्तविक तस्वीर आएको पालिका शिक्षा शाखा प्रमुख प्रेम साउँदले बताएका छन् । 

कुल ६ सय ९ जना मध्ये उत्र्तिण भएका १ सय १२ जना बाहेक १ सय ८२ जना अनुत्र्तिण नै भएका छन् । उनीहरुले कक्षा ९ मा पढ्न नपाइ एक वर्ष कक्षा ७ मै थप पढ्नु पर्ने बाध्यता देखिएको छ । २ विषयसम्म लागेका ३ सय १५ जनाले ग्रेडवृद्धिका लागि परीक्षा दिने मौका पाउने छन् । मौका पाएर पनि उत्तीर्ण हुन नसके उनीहरुले पनि एक वर्ष ८ कक्षामै पढ्नु पर्ने छ । 

परीक्षमा सहभागि १५ वटा विद्यालय मध्ये मष्टा आधारभुत विद्यालयमा ३२ मध्ये ३, दशरथ माविमा २३ मध्ये १५, सरस्वती माविमा ४५ मध्ये ४ खापर देवस्थली माविमा ८३ मध्ये २५, मष्टेश्वरी माविमा ८६ मध्ये १४, बाल विकास आधारभुत विद्यालयमा ४७ मध्ये ३, भवानी माविमा ४९ मध्ये १६, ब्रमेश्वरी आधारभुत विद्यालयमा ४३ मा ४, कुर्पेकोट आधारभुत विद्यालयमा ८ मा ७, मालिका माविमा ४६ मा १२, देवस्थली माविमा २६ मा ४ जना उत्तीर्ण भएका छन् । 

१५ वटा विद्यालयको तुलना गर्दा सबैभन्दा राम्रो नजिता कुर्पेकोट आधारभुत विद्यालयले ल्याएको छ । जसमा ८ मा ७ जना उत्र्तिण भएका छन् । भने दोस्रोमा दशरथ मावि आटीचौरले नजिता ल्याएको छ । सहभागि २३ मध्ये १५ जना उत्र्तिण भएका छन् । कुर्पेकोटमा उत्तीर्ण नभएको १ जनाले ग्रेस परीक्षामा भाग लिन पाउने छ । दशरथ माविका ७ जना ग्रेस परीक्षामा भाग लिन पाउने छन् । भने १ जना नअनुत्तीर्ण भएको छ ।  

पालिकाले पहिलो पटक ग्रेडवृद्धी परीक्षा प्रणाली आत्मसाथ गरेको हो । पालिकामा ९ वटा मावि, १५ वटा आधारभुत विद्यालय र ३१ वटा प्रावि र हालका आधारभुत विद्यालय छन् । ९ वटा मावि मध्ये दशरथ मावि, काँडा भवानी मावि, मष्टेश्वरी मावि र खापरदेश्थली माविमा दरबन्दी भएपनि अन्य ५ वटा मावि आधारभुत विद्यालयकै दरबन्दीले चलिरहेका छन् । 

पालिकाले स्वयम सेवक ३१ जना शिक्षक दरबन्दी गरेको छ । ती शिक्षक संख्याले पनि अपुग देखिएको शिक्षा शाखाले बताएको छ । लगानी अनुसार शैक्षिक गुणस्तर नदेखिएको प्रति पालिका चिन्तीत देखिएको छ । दरबन्दी नै भएको काँडा भवानीमा १ जना उत्र्तिण हुनुले शिक्षक दरबन्दी भन्दा पनि पठन पाठन र विद्यालय प्रशासनको गतिविधीले अर्थ राख्ने देखिएको छ ।

पालिकामा शिक्षा समिति र शिक्षा शाखा, प्रअ बीच बैठक बसेको छ । बैठकले शिक्षाको गुणस्तर र उत्र्तिण दर चिन्ताजनक देखिएकोले सुधारमा लाग्नुको विकल्प नरहेको भन्दै थप छलफल र परामर्श गरेर अघि बढ्ने निर्णय भएको छ । शैक्षिक गुणस्तर सुधार तथा उपल्ब्धी हासिल नहुनुमा सरकारको लगानी भन्दा पनि शिक्षक, विव्यस र अभिभावककै बढी कमजोरी देखिएको छ ।  

May be an image of ‎text that says '‎क.स. विधालयको नাम चममा विद्रार्षी आधारभुल शिका परीका RORO मा राह्भागी विद्ार्थीहकको परीधारन उनिर्ण विय्वाथी सहस्या बहमदेव সা.নি, जाल्या मा.नि. सद्स्या ㅋ परीधामय साह्तে्ा्गरी पाधनेको सदुसा 30 연사 1 98 우크 YX 53 ۹و 73 EB0K マ製 디육 R5 YO 90 दशरयमा.ति. दशरय मा.नि. सरद्वत सरद्वातिमा.वि. मा.वि. खापरवेवस्थनी मा.वि. महेशवरी मा.वि. वासबिकास आ.दबि. भवानी मा.वि, बहमेशवरी आ.वि. कुपैकोट आ.वि. मालिका मा.वि. देवरपली मा.नि. कॉंडाभवानी मा.वि. दुर्गाभिवानी आ.वि. 9Y 3 3 YS لا ٤٤ 15 YX 99 รจ ㅋ% 2ዕነት 1たたに နိ့၁ငေခ ၇၃ 5 ذا R& ل۷ ១ម CaX จม 19 x3 9 ۹ ፎዐዬ 1.C03 ٩9٩ Eq4 ط ۹٤۹٩‎'‎

प्रतिक्रिया दिनुहोस