शुक्रबार, ०२ कार्तिक २०८१

रेशम रञ्जीताको नागरिक उन्मुक्तिमा दुई पक्षबीच कुटाकुट

काठमाडौं : नागरिक उन्मुक्ती पार्टी देश र जनताको भन्दा पनि परिवार भित्रको समूह हो, भन्ने प्रमाणित हुदै गएको छ । संस्थापक रेशम चौधरी र अध्यक्ष रञ्जीताले निश्चित समुदाय र जात बिशेषको मुद्दा उठाएर आफू अनुकुल प्रयोग गर्न स्थापना गरिएको पार्टी हो, भन्ने आफै प्रमाणित गरिदिएका छन् ।

न विधी, न नियमको पालना नत कुनै एजेण्डा र उदेश्य । परिवार र आफूलाई फाइदा पुग्ने एजेण्डा र कुराहरुको मात्रै बहस छलफल हुने पार्टीको रुपमा नागरिक उन्मुक्ति स्थापित भएको छ । जसमा कारण रेशम चौधरी दम्पत्तिबीचको विवादले विभाजनको मुखमा पुगेको छ ।

को मन्त्री हुने, र को पदमा पुग्ने बाहेक अरु कुनै विषय र एजेण्डा बारे पार्टी भित्र छलफल र बहस नै हुने गरेको छैन् । जसका कारण नागरिक उन्मुक्ति पार्टीको बैठकमा भित्रै कुटाकुट भएको छ ।

अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो । वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको नाउपाका एक नेताले बताए ।

नाउपा केन्द्रीय समिति संस्थापक सदस्यहरूको बैठकमा कुटाकुट भएको दृश्य छिमेकी घरका मान्छेहरूले देखेका हुन् । विवादका क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको बताइएको छ । उनीहरू दुवैजना रन्जिता पक्षका हुन् ।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सो पार्टीमा पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ । रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । रन्जिता पक्ष भने त्यसको विपक्षमा छ ।

त्यस्तै केन्द्रमा रन्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा छिन् भने रेशम विपक्षमा छन् । यो विवाद बढ्ने क्रममा रेशम दम्पतीबिच दूरी समेत बढेको छ । परिवारको स्वार्थका लागि स्थापना गरिएका दल र संगठनले देश र जनताको भविष्यलाई नै अन्योल र बर्बादी पारेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस