आइतबार, ०७ पुष २०८१

बझाङमा एमाले प्रवेशको लहर, विवेकशिल साझाका जिल्ला संयोजक सहीत ५ जना एमाले प्रवेश

बाजुरा : बझाङमा नेकपा एमाले प्रवेशको लहर चलेको छ । उपनिर्वाचको उम्मेदवारी दर्तासँगै एमाले प्रवेशको लहर चलेको हो । उम्मेदवारी दर्ताको पहिलो दिन नै विवेकशिल साझा पार्टीका जिल्ला संयोजक सहित ५ जना नेकपा एमाले प्रवेश गरेका छन् । 

जनताको भविष्य र राष्ट्रको विकासको सपना एमाले बाहेकका पार्टीसँग नभएको निष्कर्ष सहीत पार्टी त्याग गरि एमाले रोजेको नवप्रवेशीले बताएका छन् । पार्टी प्रवेश गर्नेमा विवेकशिल साझा पार्टीका जिल्ला संयोजक रमेश महर, नेपाली काँग्रेसका दिनेश साउँद रहेका छन् 

नेपाली काँग्रेस परित्याग गरि पशुपति सिंह, गजेन्द्र ओली, विशाल कठायतले पनि एमाले प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटव्यूरो सदस्य राजेन्द्र रावल, केन्द्रीय सदस्य ऐन महर, प्रदेश सभा उम्मेदवार दम भण्डारीले स्वागत गरेका हुन् । प्रवेशको लहर चलिरहेकोले कार्यक्रम नियमित राखिएको एमाले नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस