शनिबार, ०३ कार्तिक २०८१

एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षमा कमल तिमिल्सेनाको उम्मेदवारी

कलम तिमिल्सेना प्रदेश कमिटी उपाध्यक्ष हुन् । यो पटक अध्यक्षमा उम्मेदवारी दिने दाबी गरेका छन् । यस अघि अछामकै कृष्ण प्रसाद जैशीले उम्मेदवारी नै घोषणा गरिसकेका छन् । अहिलेसम्म नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षका लागि अछामकै जैशी र तिमिल्सेनाले आकांक्षा राखेका छन् । वचन सिंहले पनि अध्यक्षमा लड्ने तयारी गरेका छन् । अरुले भने मुख खोलेका छैनन् ।

सोमबार १५, असोज २०८० ०४:५६

सर्वसम्मत छानिए एमालेको प्रदेश अधिवेशनका लागि बाजुराबाट १२९ जना प्रतिनिधी

बाजुराबाट नै सबैभन्दा बढी प्रदेश प्रतिनिधी सहभागि हुने छ । नौ पालिका मध्ये सहभागि बुढीनन्दा नगरपालिकाबाट मात्रै २८ जना सहभागि हुनेछन् ।
यो संख्या नौ वटा जिल्लाका ८८ वटा पालिका मध्ये सबैभन्दा बढी हो । यस्तै गौमुल गाउँपालिकाबाट २४ जना सहभागि हुनेछन् । बडीमालिकाबाट १६ जना, जगन्नाथ गाउँपालिकाबाट १६ जना, स्वामिकात्र्तिक खापर गाउँपालिकाबाट १३ जना सहभागि हुनेछन् ।
बाजुराकै बुढीगंगा नगरपालिकाबाट १२ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ११ जना, हिमाली गाउँपालिकाबाट ५ जना र त्रिवेणी नगरपालिकाबाट ४ जना सहभागि हुने छन् ।

मङ्गलबार १६, असोज २०८० ०८:१२

एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्षपदमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको आज बिहान यहाँ सार्वजनिक गरिएको मतपरिणामअनुसार उनले पाँच सय १२ मत प्राप्त गरेका छन् ।

मङ्गलबार १६, असोज २०८० ०९:४९

गृहमन्त्रीलाई ओलीको प्रश्न : कुन विरोधी लागे तपाईंको अभियान रोक्न ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् । गृहमन्त्री आफैं सुन तस्करीको ढाकछोप गर्न लागेको, तर संगठित रुपमा विरोध गरेर सुशासनको अभियान चलाउन दिएन भनेर गफ दिँदै हिँडेको उनको आरोप छ ।

मङ्गलबार १६, असोज २०८० ०३:५३

महँगी र शान्ति सुव्यवस्थामाथि सांसदको प्रश्न

काठमाडौँ, । प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना धारणा राख्नुहुने अधिकांश सांसदले दसैँ तिहारलगायत चाडबाडका बेला उपभोक्ता बजारमा देखिने समस्या न्यूनीकरण र शान्ति सु–व्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मङ्गलबार १६, असोज २०८० ०७:२६

कैद माफी मिनाहा विषयमा रास्वपाको गर्यो संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौं । संसदमा चौँथो राष्ट्रिय दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । संविधान दिवशका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको कैद माफी मिनाहा विषयमा संसदमा संकल्प प्रस्ताव दर्ता गरेको हो ।

मङ्गलबार १६, असोज २०८० ०७:५०

सर्वोच्च अदालत परिसरमै ढलिन भारती

काठमाडौं । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् ।

बुधबार १७, असोज २०८० ०१:३४

‘शान्ति खलबल्याउने कुरो असल मनसायले त हुँदैहुँदैन : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेको बताएका छन् । मोरङको विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले पछिल्लो समय साम्प्रदायिक विद्वेष फैलाउने र गलत मनसायले त्यसमा खेल्ने प्रयास भइरहेको बताएका हुन् ।

बुधबार १७, असोज २०८० ०१:४५

सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेट

काठमाडौँ, । सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले आज सिंहदरवारमा शिष्टाचार भेट गरेका छन् । सभामुख कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदानप्रदान, द्विपक्षीय सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको छ ।

बुधबार १७, असोज २०८० ०७:०५

चाडबाडमा सार्वजनिक यातायात सहज बनाइने

काठमाडौँ, । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दसैँ, तिहार र छठ पर्वको समयमा बढी आवातजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाइने बताएका छन् ।

बुधबार १७, असोज २०८० ०७:०९

इपिजी प्रतिवेदन सार्वजनिक गर्न विज्ञको सुझाव

काठमाडौँ, । नेपाल–भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी)को प्रतिवेदन सार्वजनिक गर्न विज्ञहरुले सुझाव दिएका छन् । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा उनीहरुले दुई देशबीचको सीमा निर्धारण प्रक्रियालाई टुङ्गोमा पु-याइ आधिकारिकता दिनुपर्ने भनाइ राखे ।

बुधबार १७, असोज २०८० ०७:१६

प्रचण्ड नेतृत्वको सरकारले समाजमा अराजकता बढायो, कांग्रेस नेतृत्वको सरकार आवश्यक भइसक्याे : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको चर्को आलोचना गरेका छन् । गठबन्धन सरकार हुँदा पनि प्रधानमन्त्रीको एकल निर्णयले अहिले समाजमा अराजकता बढेको आरोप लगाए ।

बुधबार १७, असोज २०८० ०७:२५

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्न आग्रह

काठमाडौँ, । प्रतिनिधिसभाका सांसदहरुले धार्मिक र सामाजिक सदभावमा खलल हुन नदिन समाजका सबै पक्ष सजग हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले समाजमा आशान्ति चाहने केही तत्वले सामाजिक सद्भाव भड्काउने प्रयत्न गरिरहेको उल्लेख गर्दै त्यसतर्फ सरकार र सबै सचेत हुनुपर्ने बताए ।

बिहिबार १८, असोज २०८० ०४:३०

जनमत पार्टीले कारबाही गरेका शिवचन्द्र कुशवाह एमालेमा प्रवेश

काठमाडौं, । जनमत पार्टीबाट कारबाहीमा परेका बाराका शिवचन्द्र कुशवाह नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले मुख्यालय, च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशवाह लगायतका नेताहरुलाई पार्टी प्रवेश गराएका छन् ।

बिहिबार १८, असोज २०८० ०४:३४

कानुनी छिद्रबाट आममाफी दिने काम बन्द गरियोस् : महामन्त्री थापा

काठमाडौँ, । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले गम्भीर अपराधमा संलग्न कैदीलाई आममाफी दिने काम तत्काल बन्द गर्न माग गरेका छन् ।

बिहिबार १८, असोज २०८० ०४:४२

‘संसदमा रुलिङ भएको विषयमा सरकार गम्भीर भएन

काठमाडौँ, । सांसद महेशकुमार बर्तौलाले सभामुखले गरेको रुलिङप्रति सरकारले ध्यान नदिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सरकारले संसदमा रुलिङ भएको विषय कार्यान्वयनमा ध्यान नदिएकोमा ध्यानाकर्षण गराए ।

बिहिबार १८, असोज २०८० ०४:५०

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षका तीन अनुहार : कृष्ण र कमलसँगै बचन पनि थपिए

जैशीले प्रदेश अधिवेशनको मिति घोषणा लगत्तै अध्यक्षमा लड्ने आकांक्षा सहीत दौडधुप थालेका थिए । भने तिमिल्सेनाले प्रतिनिधी छनोट भइसकेपछि असोज १५ गते अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सिंहले आकांक्षा सहीतको परामर्श पहिलाबाटै थालेपनि पत्रकार सम्मेलन मार्फत औपचारिक घोषणा असोज १८ गते मात्रै गरेका हुन् ।

बिहिबार १८, असोज २०८० १०:१६

एमाले गण्डकी प्रदेशको अध्यक्षमा शर्मा विजयी

गण्डकी, । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।

शुक्रबार १९, असोज २०८० ०९:३२

शक्तिशाली नेताले भनेको मात्रै यहाँ लागू हुँदोरहेछ : सांसद सापकोटा

काठमाडौँ, । “सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको र सोचेको काम गर्न सकिएको छैन ।”

शुक्रबार १९, असोज २०८० ०९:४६

शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सांसदहरूको माग

काठमाडौँ, । संविधानले परिकल्पना गरेको समाजवादमा पुग्नका लागि गुणस्तरीय, पहुँचयोग्य र समावेशिता चरित्रसहितको शिक्षा प्रणालीको विकास गरिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ माथिको छलफलका क्रममा सांसदहरुले शिक्षालाई सर्वसुलभ र सबैको पहुँचमा पुग्ने बनाउनुपर्ने बताए ।

शुक्रबार १९, असोज २०८० ०६:१३

ओलीले भने : हारेपछि मन दुख्छ सहमति गर्‍याे भने मन दुख्दैन, मन नदुखाई अगाडि बढ्नु राम्रो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन् । उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ओलीले “कतिपय विपक्षीहरूले अधिवेशनको सन्दर्भमा टिकाटिप्पणी गर्ने गरेको एमालेमा भिडन्त भयो भनेर हौवा फैलाएको भन्दै “हारजित हुँदा मन दुख्न सक्छ, सहमति गर्न आग्रह गरे ।

शुक्रबार १९, असोज २०८० ०६:३३

एमाले प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट : अध्यक्ष ओलीसहितका केही शिर्षनेताहरू धनगढीमा

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशन आजबाट धनगढीमा सुरु हुँदै छ । धनगढी स्थित सौराइ ब्यांक्वाइटमा ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्ने छन् ।

आइतबार २१, असोज २०८० ०९:४५

एमाले उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरु निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।अध्यक्षमा प्रेम कुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ ।

आइतबार २१, असोज २०८० १०:३२

कर्ण थापा भने : मतहरू बढिदा मनहरू पनि बाँडिने रहेछ’

कैलाली । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले निर्वाचनमा मत बाँडिँदा मनहरू पनि बाँडिने गरेको टिप्पणी गरेका छन् । सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनको उद्घाटन सत्रमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

आइतबार २१, असोज २०८० ०३:०६