शनिबार, ०३ कार्तिक २०८१

ओलीले भने : हारेपछि मन दुख्छ सहमति गर्‍याे भने मन दुख्दैन, मन नदुखाई अगाडि बढ्नु राम्रो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन् । उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ओलीले “कतिपय विपक्षीहरूले अधिवेशनको सन्दर्भमा टिकाटिप्पणी गर्ने गरेको एमालेमा भिडन्त भयो भनेर हौवा फैलाएको भन्दै  “हारजित हुँदा मन दुख्न सक्छ, सहमति गर्न आग्रह गरे ।

सहमति नभएमा लोकतान्त्रिक अभ्यास त छँदैछ,”उनले भने, हाम्रा अधिवेशनहरुको सन्दर्भमा हाम्रा विपक्षीहरुले एकोहोरो खालको टिकाटिप्पणी गर्न पाएका छन् । यस अधिवेशनले अर्को प्रकारको टिकाटिप्पणी गर्ने मौका देओस् ।’

अघि भने, ‘यहाँ प्रतिस्पर्धा जितेर के–के न ठूलो कुरो पाइने होइन । फेरि सबैले जित्ने होइन, एउटाले जित्छ । अर्काले हारेपछि मन दुख्छ । सहमति ग¥यो भने मन दुख्दैन ।’

मन नदुखाई अगाडि बढ्नु सबभन्दा राम्रो हुने भन्दै उनले भने, ‘उठेपछि मन दुख्दो रहेछ । यसो म ठाउँठाउँमा हेर्छु, मन दुख्दो रहेछ साथीहरुको । उठेपछि जित्नका लागि कतिपय ठाउँमा जसोतसो अभ्यास गरेको पनि देखिन्छ । त्यस्तो पनि नगरौं ।’

नेतृत्वले कामको मुल्यांकन गरेको हुने भन्दै उनले सांकेतिक रुपमा नेतृत्वले चाहेको नेता स्वीकार गर्न आग्रह गरे । ‘आफूलाई कहिलेकहिले त्यो चित्त नबुझ्ला, तर नेतृत्वले कामको मूल्यांकन गरेको हुन्छ’ एमाले अध्यक्ष ओलीले चेतावनीपूर्ण भाषामा भने, ‘नेतृत्वको मूल्यांकनमा भर परिएन र, नचिनेका मान्छेले नचिनेकालाई भोट दिनुपर्ने अवस्थामाथि भर परियो भने परिणाम जस्तो पनि हुनसक्छ ।’

उनले सहमति भएन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् भनेर आफूहरुले भनेको, तर विपक्षी र सञ्चारमाध्यमहरुले यसलाई नसुनेको उनको गुनासो छ । ‘कसैलाई न निर्देश गरिएको छ, न आदेश गरिएको छ’ उनले अघि भने, ‘स्वच्छ प्रतिष्पर्धा गर्नुस् भनेको नसुनेर सहमति कायम गर्नुस् भनेको थियो, मानेनन् भन्ने मात्रै प्रचार गरे ।’

प्रतिक्रिया दिनुहोस