शुक्रबार, ०४ असोज २०८१

सर्वसम्मत छानिए एमालेको प्रदेश अधिवेशनका लागि बाजुराबाट १२९ जना प्रतिनिधी

बाजुराबाट अध्यक्ष बाहेकका पदाधिकारीमा दाबी

बाजुरा : नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि बाजुराबाट सर्वसम्मत प्रतिनिधी चयन भएका छन् । नौ वटै पालिका बाट १२९ जना प्रतिनिधी सर्वसम्मत छानिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले जानकारी दिएका छन् ।

नेकपा एमालेको प्रथम प्रदेश अधिवेशन असोज २१ र २२ गते धनगढीमा हुने भएको छ । नयाँ नेतृत्व चयन हुने अधिवेशनका लागि असोज १५ गते नौ वटै जिल्लाबाट प्रतिनिधी छनोटको मिति तय गरिएको थियो ।

नौ वटै जिल्ला मध्ये बाजुराले समय सीमा भित्रै सर्वसम्मत नेतृत्व चयन गरेको छ । बाजुराबाट नै सबैभन्दा बढी प्रदेश प्रतिनिधी सहभागि हुने छ । नौ पालिका मध्ये सहभागि बुढीनन्दा नगरपालिकाबाट मात्रै २८ जना सहभागि हुनेछन् ।

यो संख्या नौ वटा जिल्लाका ८८ वटा पालिका मध्ये सबैभन्दा बढी हो । यस्तै गौमुल गाउँपालिकाबाट २४ जना सहभागि हुनेछन् । बडीमालिकाबाट १६ जना, जगन्नाथ गाउँपालिकाबाट १६ जना,  स्वामिकात्र्तिक खापर गाउँपालिकाबाट १३ जना सहभागि हुनेछन् ।

बाजुराकै बुढीगंगा नगरपालिकाबाट १२ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ११ जना, हिमाली गाउँपालिकाबाट ५ जना र त्रिवेणी नगरपालिकाबाट ४ जना सहभागि हुने छन् । प्रदेश अधिवेशनबाट नौ जिल्लाबाट ६ सय बढीको संख्यामा प्रतिनिधी चयन हुनेछन् ।

त्यसमा नेकपा एमाले आस्थावना २२ वटा जनसंगठनबाट पनि ८० जनाको संख्यामा प्रतिनिधी रहने अवस्था छ । प्रतिनिधी छनोटका लागि १ सय जना संगठित सदस्यबाट एक जना सहभागि हुने गरि मापदण्ड तय गरिएको थियो । संगठीत सदस्य संख्या पहिलो नम्बरबाट बाजुरा र दोस्रो नम्बरमा कैलालीमा देखिएको छ । सबैभन्दा कम डडेल्धुराबाट प्रतिनिधी सहभागि हुनेछन् ।

बाजुराबाट अध्यक्ष बाहेकका पदाधिकारीमा दाबी रहने छ । उपाध्यक्षमा पार्टी जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीले आकांक्षा राखेका छन् । भने सचिवमा पार्टी प्रदेश उपसचिव बल्देव रेग्मीको चासो छ । दुबै जनाले उम्मेदवारी घोषणा नगरेपनि पदाधिकारीमा लड्ने तयारी थालेको श्रोतको दाबी छ ।

यी हुन बाजुराबाट प्रतिनिधीत्व गर्ने पालिका प्रतिनिधी
बुढीनन्दा नगरपालिका
१. बल्देव रेग्मी
२. जनक कुमार बोहरा
३. पेम्बा गुरुङ भोटे
४. नन्द बहादुर रोकाया
५. दान बहादुर जेठारा
६. राजन रोकाया
७. केशर बहादुर शाही
८. जंगवीर रोकाया
९. रामबहादुर बोहरा
१०. धनबहादुर रावत
११. धनबहादुर विक
१२. साइमल ल्वार
१३. शंकर चदारा
१४. हिरु कामी
१५. प्यारु नाथ सुनार
१६. मोहनलाल नेपाली
१७. विष्णु विक
१८. धनरुप ल्वार
१९. राधिका बोगटी
२०. राधिका बोहरा
२१. सृष्टी रेग्मी
२२. जुनदेवु बोहरा
२३. निरा बोहरा
२४. सरिता सार्की
२५. रेखा कडारा
२६. रमिला विक
२७. ठुमरा ल्वार
२८. चम्फा दमाइ
गौमुल गाउँपालिका
१. हरिबहादुर रोकाया
२. वीरेन्द्र रोकाया
३. राजीवकुमार रोकाया
४. गोरख बहादुर बोहरा
५. कलक सिंह
६. तुलसी राम रोकाया
७. मोहन रोकाया
८. देब बहादुर रोकाया
९. हिक्मत रोकाया
१०. धन बहादुर रोकाया
११. सगुने रोकाया
१२. देव रोकाया
१३. राम रोकाया (आरसी)
१४. अमर वि.क.
१५. तुसार सार्की
१६. गोरख ल्वार
१७. सीता थापा
१८. जगदेवी रोकाया
१९. गीता रोकाया
२०. मैना चंदारा
२१. धनलक्ष्मी जैशी
२२. मनिशा बोहरा
२३. बिमला धामी
२४. पारू वि.क
बडीमालिका नगरपालिका
१. गगन बहादुर रावल
२. अमर बहादुर खड्का
३. काशी बिक
४. धर्मराज पाध्याय
५. दुर्गा रोकाया (थापा )
६. जंग विक
७. सीता थापा
८. तुलाराम जैशी
९. तुलसी नाथ गिरी
१०. निर्मला बडुवाल
११. काल्चे दमाई
१२. सुना वि.क.
१३. लाल बहादुर कार्की
१४. डम्बर महत
१५. गगन थापा
१६. नन्दा बि.क.
जगन्नाथ गाउँपालिका
१. कालिबहादुर शाही
२. मनबहादुर विष्ट
३. जनक कुमार विष्ट
४. कालीबहादुर धराला
५. कटक बहादुर विष्ट
६. डम्मर बहादुर शाही
७. कृष्ण बम
८. कोपीला सिंह
९. मरुकला विष्ट
१०. माया कुमारी रोकाया बोगटी  
११. चन्द्रबहादुर सार्की
१२. टक्क कामी
१३. राजु विक
१४. चैते ल्वार  
१५. धनरुप कामी
१६.
स्वामिकात्र्तिक खापर गाउँपालिका
१. रंगमान शाही
२. राजबहादुर गिरी
३. लोकजंग हमाल
४. दिपेन्द्र बुढा
५. चर्तुरभुज शाही
६. युवराज शाही
७. मेघराज शाही
८. जापना कुमारी शाही सिंह
९. सुलोचना भण्डारी बुढा
१०. देबु बुढा
११. अमापुरा दमाइ
१२. लडे विक
१३. धनसिंह विक
बुढीगंगा नगरपालिका
१. चन्द्रबहादुर थापा
२. जहरसिंह थापा
३. माया शाह
४. भरत थापा
५. रामबहादुर बानीयाँ
६. हिक्मत थापा
७. नरेन्द्र थापा
८. देवु थापा खाती
९. विमला थापा
१०. हरिकेशे नेपाली
११. रमेश नेपाली
१२. शुशिला मिजार
खप्तड छेडेदह गाउँपालिका  
१. लालबहादुर ओली
२. दिर्घमति देवि ओली
३. विमला कुमारी दानी
४. जलुदेवी रावत
५. लोकबहादुर शाह
६. गणेश शाही
७. गोपाल बुढा
८. पदम कठायत
९. नन्दबहादुर रावत
१०. केशव सार्की
११. कलादेवी चदारा
हिमाली गाउँपालिका
१. रंग ब मल्ल  (खुल्ला )
२. मान ब रोकाया अर्जुन (खुल्ला)
३. लक्ष्मी बुड्थापा (महिला)
४. राजकला सार्की (दलित महिला)
५. सर्जन सार्की (दलित)
त्रिवेणी नगरपालिका
१. भरत बहादुर बुढा
२. मिना थापा बुढा
३. कविराज बुढा
४.रम्बा विक


 

 

 

प्रतिक्रिया दिनुहोस