शनिबार, ०३ कार्तिक २०८१

‘संसदमा रुलिङ भएको विषयमा सरकार गम्भीर भएन

काठमाडौँ, । सांसद महेशकुमार बर्तौलाले सभामुखले गरेको रुलिङप्रति सरकारले ध्यान नदिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सरकारले संसदमा रुलिङ भएको विषय कार्यान्वयनमा ध्यान नदिएकोमा ध्यानाकर्षण गराए ।

    “कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरण र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विषयमा रुलिङ भयो, तर सरकारले उक्त रुलिङ कार्यान्वयन गरेन”, उनले भने । उनले ती विषयमा विशेष निर्देशनको माग समेत गरेका छन् ।

    सांसद शिशिर खनालले शिक्षाको गुणस्तर सुधार गर्नका लागि सबै खाले राजनीतिबाट विश्वविद्यालय मुक्त गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । सांसद रेखा यादवले झ्यापझ्याप बिजुली गएर आम नागरिकलाई असर परेकोेप्रति सरकारको ध्यानाकर्षण गराउदै उक्त विषयमा प्रष्ट पानुपर्ने माग गरे ।

    सांसद अस्माकुमारी चौधरीले बझाङका भूकम्प पीडितलाई उद्धार, राहत र पुनस्थापनामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । सांसद रमा कोइरालाले सामाजिक सद्भाव कायम सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस