देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक आय र व्ययको अनुमान ९बजेट० सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले अघिल्ला आर्थिक वर्षमा खर्च गर्न नसकेर बचत रहेको रकमलाई पनि बजेट स्रोत देखाएका छन् । गण्डकी र मधेस प्रदेशले घाटा बजेट ल्याएर आन्तरिक ऋण उठाउने गरी बजेटको जोहो गरेका छन् । आगामी आर्थिक वर्षमा गण्डकी प्रदेशले एक अर्ब ७५ करोड र मधेस प्रदेशले दुई अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेका छन् ।
सोमबार ०२, असार २०८२ ०८:१७
आइतबार प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बार्षिक बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्षिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको बजेटले कृषि र पूर्वाधार, उद्योग र उत्पादनमा जोडमा जोड दिएको पाइएको छ ।
सोमबार ०२, असार २०८२ ०८:२५
दश दिने अचार तथा मसेउरा र गुन्द्रुक उत्पादन तालिमको समापन समारोहमा बोल्दै उनले समृद्धि पनि खोज्ने उद्यमशिलताका लागि संघर्षपनि नगर्ने कुरा दन्तबजान मात्रै भएको बताइन् । हामीलाई समृद्धि पनि चाहिएको छ, खुस पनि खोजिएका छौं, धेरै आम्दानी होस्, भन्ने चाहना पनि छ, तर संर्घष छैन्, यसो भए संभव छैन्, उनले भनिन् ।
सोमबार ०२, असार २०८२ ११:३८
उनी एमालेको नेतृ मात्रै होइनन् । एक सफल उद्यमी पनि हुन् । त्यो पनि विश्वव्यापी बजारमा आफ्नो उत्पादन पुर्याउन सफल नामी उद्यमी । त्यही उद्यमशिलतासँग यहाँका महिलाहरुलाई जोड्न उनी बाजुरा आएकी हुन् । उद्यम विकास तालिमकै लागि बसाइ पनि दश दिन लामो भएको हो । अचार तथा मसेउरा गुन्द्रुक बनाउने तालिमको सीप सिकाउन शान्ता नेतृत्वको चार जनाको टिम बाजुरामै छ ।
सोमबार ०२, असार २०८२ ०३:०९
यस्तै सदस्य पदम बाजुरा कमल उपाध्याय पनि सर्वसम्मत भएका छन् । उनी पेशाले इन्जिनियर हुन् । अनेरास्ववियुबाट राजनीति सुरु गरेका कमलले प्रवासबाटै राजनीतिमा सक्रिय रहने तयारी गरेका छन् ।
सोमबार ०२, असार २०८२ ०८:००
संगठनका गतिविधीको अनुगमन र अध्यायन गर्ने गरि पार्टी पोलिटव्यूरो सदस्य लीला भण्डारी र केन्द्रीय सदस्य लालबहादुर थापालाई प्रमुख जिम्मेवारी तोकिएको छ । भण्डारीलाई कैलाली र कंचनपुरको जिम्मा छ । भने थापालाई सुदूरपश्चिमका सातवटै डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी र अछामको जिम्मेवारी तोकिएको छ ।
मङ्गलबार ०३, असार २०८२ १२:१६
तालको संरक्षण र प्रवद्र्धनमा पनि टेवा पुग्ने, संरक्षण अभावमा रहेको तालको सुधार र प्रवद्र्धनमा समेत दबाब पुग्ने र खेलाडीले प्रकृतिसँग रमाउने अवसर पनि पाउने भएकोले छेडेदहमा आयोजना गरिएको ओलीको भनाई छ । ओली राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका केन्द्रीय कोषाध्यक्ष तथा बाजुरा जिल्लाका प्रमुख प्रशिक्षक र मार्सल आर्ट अन्तर्रास्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय रेफ्री हुन् ।
मङ्गलबार ०३, असार २०८२ १२:२०
‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो । दुई दिन आउजाउमा समय गयो । परीक्षण ढिला सुरु भयो । अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन’, परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले भने । अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको उनले बताए ।
मङ्गलबार ०३, असार २०८२ १२:३९
बडीमालिका नगरपालिका ८ को थापावाडामा निर्माण भएको भवनको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको कार्यालयका वाडेन सिता विकले जानकारी दिएका छन् । प्रदेश सरकारको ५० लाखको लागतमा ४ कोठे भवन निर्माण गरिएको हो । भने बडीमालिका नगरपालिकाको १५ लाख र सुरक्षित आवास गृहकै आफ्नै ७ लाख लागतमा जमिन खरिद गरिएको थियो ।
मङ्गलबार ०३, असार २०८२ ०९:०८
यो समाचार तयार पार्दासम्म १४ ओभरको खेलमा स्कटल्याण्डले सात विकेटको क्षतिमा ६८ रन जोडेको छ । लामिछानेले दुई, दीपेन्द्रसिंह ऐरीले एक, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका छन् ।ऐरीले ०।५ ओभरमा स्कटल्याण्डका ओपनर ब्याटर मार्क वाटको विकेट लिए । वाट एक रन जोडेर पेभेलियन फर्किए ।
मङ्गलबार ०३, असार २०८२ ०९:२९
यता आफन्तहरूले कारागार प्रशासनसँग सीसीटीभी फुटेज माग्दा सुरुवातमा देखाउने भनिए पनि पछि ‘फुटेज बिग्रिएको’ भन्दै अस्वीकार गरिएको उनीहरूको आरोप छ । यसले घटनामा झनै शंका थपिएको आफन्तहरूको भनाइ छ। मृतकका परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाहीको माग गरेका छन् ।
बुधबार ०४, असार २०८२ ०८:२२
कार्यक्रमको उद्देश्य नीति निर्माण र बजेट अनुगमन प्रक्रियामा लैङ्गिक र सामाजिक दृष्टिकोणलाई संस्थागत गर्दै समावेशी विकासलाई टेवा पुर्याउनु रहेको आयोजकले जानकारी दिएका छन्।
बुधबार ०४, असार २०८२ ०९:१८
बाजुराका किर्तिचौर मावि मानाकोट र दशरथ मावि आटीचौरका विद्यार्थीले पनि कृषि खेती गरेका छन् । तर त्यहाँ ९ देखि १२ सम्मको विद्यालय शिक्षा हो, पढ्दै कमाउँदै कार्यक्रम भने होइन् । कृषि ज्ञान केन्द्र पनि विद्यालयको काम प्रति प्रभावित बनेको छ । सुरुमै टनेल सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने ज्ञान केन्द्रको विद्यालयसँग वाचा छ ।
बुधबार ०४, असार २०८२ ०९:५३
सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैँकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
बुधबार ०४, असार २०८२ ०५:२१
उनको त्यो स्ट्याटस एकाएक चर्चामा आयो र उनको खोजी गर्दै जाँदा सम्पर्कविहीन भएको केही घण्टामै सकुशल उद्धार गर्न प्रहरी सफल भयो । त्यसपश्चात गृहमन्त्री रमेश लेखकले समेत उनलाई भेटेर सत्य तथ्य बुझे ।
बुधबार ०४, असार २०८२ ०५:२७
पर्यटन मन्त्रालयका महानिर्देशक डाक्टर नारायण प्रसाद रेग्मीको नेतृत्व लगाएत २४ जना कर्मचारीहरुले आगलागी पीडितलाई ४५ हजार २ सय १० रुपैयाँ सहयोग गर्नुभएको छ । गृहजिल्ला समेत रहेका पर्यटन विभागका महानिर्देशक डा रेग्मीले बाम्का आगलागी पिडित लाई सानै रकम भएपनी सहयोग गर्नु भएको छ ।
बाम्का बजारका आगलागी पीडितहरुका लागि अहिले पनि विभिन्न निकाय बाट राहत संकलन भइरहेको राहात संकलन समिति सदस्य तथा त्रिवेणी नगरपालीका नगर प्रमुख कर्ण बहादुर थापाले बताएका छन् । आगलागीबाट ध्वस्त भएको बाम्का बजारलाई पुरानै स्वरुपमा ल्याउन पनि संरचना निर्माण कार्य समेत भइरहेको बताए ।
बुधबार ०४, असार २०८२ ०५:३९
उनी नागरिक उन्मुक्ति पार्टी ९नाउपा० बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका भएका थिए । चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले निर्देशन दिएको उनी निकट स्रोतले पनि बताएको छ।
बुधबार ०४, असार २०८२ ०९:०६
बडिमालिका नगरपालिकाका अधिकांश वडामा अझै पनि स्वास्थ्य चौकीहरु सामान्य औषधि विहीन अवस्थामा छन । विद्यालयहरुमा शिक्षक अभाव छ , पिउने पानीको पहुँच सबै ठाउँमा प्रभावकारी छैन । यस्तो अवस्थालाई परिवर्तन गर्न बजेटले खास प्राथमिकता दिनुपर्छ भन्ने अपेक्षा सर्वसाधारणको रहेको छ। जनताको आधारभूत आवश्यकताहरु जस्तै बाटो, बिजुली र सञ्चार सेवाहरु शुधार नगरी अन्य विकास दीर्घकालीन हुन सक्दैन।
बिहिबार ०५, असार २०८२ ०७:३५