बाजुरा: बुढिगगा नगरपालिका वडा न ६ बाम्का बजारका आगलागी पीडितलाई पर्यटन विभागका कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका कर्मचारीहरुले अग्नीपीडितलाई सानै भएपनीआर्थिक सहयोग गर्नुभएको छ ।
पर्यटन मन्त्रालयका महानिर्देशक डाक्टर नारायण प्रसाद रेग्मीको नेतृत्व लगाएत २४ जना कर्मचारीहरुले आगलागी पीडितलाई ४५ हजार २ सय १० रुपैयाँ सहयोग गर्नुभएको छ । गृहजिल्ला समेत रहेका पर्यटन विभागका महानिर्देशक डा रेग्मीले बाम्का आगलागी पिडित लाई सानै रकम भएपनी सहयोग गर्नु भएको छ ।
बाम्का बजारका आगलागी पीडितहरुका लागि अहिले पनि विभिन्न निकाय बाट राहत संकलन भइरहेको राहात संकलन समिति सदस्य तथा त्रिवेणी नगरपालीका नगर प्रमुख कर्ण बहादुर थापाले बताएका छन् । आगलागीबाट ध्वस्त भएको बाम्का बजारलाई पुरानै स्वरुपमा ल्याउन पनि संरचना निर्माण कार्य समेत भइरहेको बताए ।
२०८२ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब दुई दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने केहीमा आंशिक क्षति भएको छ । त्यस्तै उक्त आगलागीबाट कम्तिमा १९ करोडको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस