धनगढी : नेकपा एमालेले सुदूरपश्चिमको सिंगो पार्टी संगठनलाई थप सुदृढ र शसक्त बनाउन आन्तरिक गृहकार्य थालेको छ । पार्टी संगठनका गतिविधी बारे सुक्ष्म निगरानी सहीत आन्तरिक रणनीति बनाउने गरि पार्टी केन्द्रको निर्देशन अनुसार नै गृहकार्य थालेको हो । त्यो कामका लागि दुई जना नेतालाई प्रमुख जिम्मेवारी तोकिएको छ ।
संगठनका गतिविधीको अनुगमन र अध्यायन गर्ने गरि पार्टी पोलिटव्यूरो सदस्य लीला भण्डारी र केन्द्रीय सदस्य लालबहादुर थापालाई प्रमुख जिम्मेवारी तोकिएको छ । भण्डारीलाई कैलाली र कंचनपुरको जिम्मा छ । भने थापालाई सुदूरपश्चिमका सातवटै डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी र अछामको जिम्मेवारी तोकिएको छ ।
केन्द्रीय संगठन विभागको बैशाख १४ गते बसेको २२ औं बैठकको निर्णय अनुसार नै उहाँहरुलाई जिम्मेवारी सहीत जिल्लामा पठाएको पार्टी सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्द्रले जानकारी दिएका छन् । सचिव चन्द्र स्वयम पार्टी केन्द्रीय सदस्य लालबहादुर थापा नेतृत्वको टिममा जिल्ला दौडाहमा छन् ।
जिम्मेवारी पछि थापाले डडेल्धुराबाट अध्ययन अनुगमनको काम सुरुगरिसकेका छन् । बैतडी सकाएर टोली दार्चुला पुगिसकेको छ । उहाँहरुले पार्टी सचिवालय बैठक, संगठन विभागको बैठक, उपलब्धी जिल्ला पदाधिकारी, केन्द्रीय कमिटी सदस्य र अन्य नेता कार्यकर्तासँगको भेटघाटलाई प्राथमिकतामा राखेका छन् ।
संगठन विभागको निर्देशन अनुसार पार्टी कमिटीको संरचना, पार्टी बैठकको निरन्तरता, निर्णय लेखन, उपस्थिति, सदस्यता वितरण र नविकरण, पार्टी नेता बीचको आपसी सहकार्य, सम्पर्क र सम्बन्ध बारे मसिनो छानवीनको जिम्मेवारी पाएका छन् । पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउन संगठनका गतिविधीको धरातलीय अध्ययन र अनुगमन गरिने केन्द्रीय सदस्य लालबहादुर थापाले बताए ।
पार्टी सीमित व्यक्ति र शैलीबाट मात्रै चल्यो, भन्ने गुनासो छ । नियमित बैठकमै नआउनेहरु नै बढी असन्तुष्ट जस्तो पार्टीको विरुद्धमा देखिने अवस्था आयो, नयाँ पुस्ता र अनुसारलाई पार्टी कमिटीमा जोड्न के कसरी सकिन्छ, पार्टी नेताको भूमिका के रहनु पर्छ, सबै प्रकारको अध्ययनका लागि संगठन सुदृढ यात्रामा हिँडेको थापाले थपे ।
लीला भण्डारीले पनि कैलाली र कंचनपुरमा सुक्ष्म अध्ययन सुरु गरेकी छन् । एमाले सुदूरपश्चिममा आन्तरिक गुट मौलाएको, पार्टी कमिटी चेनअफ कमाण्ड नभएको र कार्यकर्तामा संगठनात्मक अराजकता बढेको, केन्द्रीय कमिटीकै नेताहरु कामकाजी नभएको आरोप लाग्न थालेको छ ।
भीम रावलको निष्कासन, पार्टी भित्रको आन्तरिक गुटबन्दी जस्ता समस्याले कार्यकर्ता स्तरमा निराशा बढेको देखिन्छ । त्यो निराशाको कारण, पार्टी संगठन सुधारको विकल्प बारे पनि सुक्ष्म अध्ययन टोलीले गर्ने भएको छ ।
प्रमुख कार्यजिम्मेवारी नै संगठन सुदृढको अवको विकल्प सहीतको अध्ययन प्रतिवेदन तयार पारिने छ, अब कुरा बढी काम कम गर्ने, नेता वरिपरि घुम्ने, काठमाडौं बस्ने, फिल्डमा नआउने र अवसरसँग मात्रै जोडिने नेताहरुको समेत मुल्याकंनको आधार तयार पारिने प्रदेश सचिव रणबहादुर चन्दले बताए ।
२०७९ को चुनावमा एमाले सुदूरपश्चिम प्रदेश सभामा माओवादी पछि छ ।
१६ वटा संघिय निर्वाचनमा २ सिटमा चित्त बुझाएको अवस्था छ । पार्टी भित्रका राम्रा र सुधारका सबै पक्षहरुलाई अनुगमन र अध्ययनको विषय बनाएर केन्द्रबाटै नेताहरु खटाएको नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले बताए । २० वटा प्रश्नावली छन्, पार्टी राम्रो र सुदृढ बनाउने गरि संगठन विभागबाटै जिम्मेवारी सहीत नेटाहरु खटाइएको जैशीले थपे ।
पार्टीको संगठनात्मक कामलाई थप सुदृढ पार्न कार्यकारी भूमिकामा रहेका कमिटीहरुले विशेष योजना बनाई अनुगमनको कामलाई अघि बढाउन आवश्यक देखिएकोले टिम खटाइएको छ । लालबहादुर थापा संगठन विभाग सदस्य पनि हुन् । उनलाई पछिल्लो समय पार्टी केन्द्रले कामको जिम्मेवारीमा प्राथमिता दिन थालेको देखिन्छ । पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र लालबहादुर थापा एउटै जिल्ला बासी हुन् ।
सुदूरपश्चिममा ५२ हजार बढी संगठीत सदस्य छन् । तीनको नकिवरणको अवस्था र नयाँ सदस्य थप्ने रणनीति बारे पनि जिल्ला तहमा छलफल गरिने छ । उसोत पार्टी संगठन विभागले समस्या देखिएका र सुधार गर्नै पर्ने बिशेष जिल्ला र क्षेत्र छनोट गरि नेताहरु परिचालन गरिएको हो ।
पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकाललाई जनसंगठनहरु र सम्पर्क समन्वय कमिटी अन्र्तगतका प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ । भने शेरधन राईलाई भोजपुर, तेह्रथुम, धनकुटा, पाँचथर, इलाम, ताप्लेजु¨, संखुवासभा, सुनसरी, मोरग र झापा, विशाल भट्टराईलाई खोटाङ, उदयपुर, सोलुखोम्बु र ओखलढुंगामो जिम्मेवारी दिएको छ ।
सुमन प्याकु¥याललाई सिराहा, सप्तरी, महोत्तरी, धनुषा र सर्लाही, ज्वाला साहलाई रौतहट, बारा र पर्सा, आनन्द पोख्रेललाई काठमाण्डौ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, चितवन, गणेश पहाडीलाई सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मकवानपुर, सुजिता शाक्यलाई उपत्यका बिशेषका प्रदेश अन्र्तगतका जिल्लाहरुको जिम्मेवारी दिएको छ ।
सम्झना देवकोटालार्य गोरखा, लमजुङ, तनहु, मनाङ र नवलपुर, गोविन्द नेपालीलाई बाग्लुङ मुस्ताङ, पर्वत, कास्की, स्याङजा र म्याग्दी, लीला गिरीलाई रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, नवलपरासी (पश्चिम) र गुल्मीको जिम्मेवारी दिएको छ ।
जीवन गौतमलाई दाङ बाँके, बर्दिया, प्युठान, रुकुम, रोल्पा, लक्ष्मी पोख्रेललाई कर्णाली प्रदेशका जिल्लाहरुको जिम्मेवारी तोकिएको छ । उहाँहरु सबैजनाले २ महिना भित्र सबै कामको रिपोट केन्द्रीय कमिटी र संगठन विभागलाई बुझाइसक्नु पर्ने समयसीमा छ ।
प्रतिक्रिया दिनुहोस