मङ्गलबार, १७ असार २०८२

प्रतिनिधिसभा बैठक बस्दै, निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची रहेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पस्तुत गर्ने छन् ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस