बाजुरा: त्रिबेणी नगरपालिकाले सामाजिक समावेशिकरण तथा लैङ्गिक उत्तरदायी बजेट अनुगमनसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ। कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधिहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा नगरपालिका अन्तर्गतका कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले समावेशी नीति निर्माण, लैङ्गिक समानता, बजेट प्रक्रिया र उत्तरदायी शासन प्रणालीसम्बन्धी विषयमा जानकारी गराएका थिए।
नगर प्रमुख थापाले भने समाजका सबै वर्ग र समुदायको आवाज बजेट निर्माण र नीति निर्माण प्रक्रियामा समावेश गर्न यस्ता अभिमुखिकरण कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले स्थानीय तहमा समावेशी विकासको प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर प्रयास गर्ने बताएका छन्।
कार्यक्रमको उद्देश्य नीति निर्माण र बजेट अनुगमन प्रक्रियामा लैङ्गिक र सामाजिक दृष्टिकोणलाई संस्थागत गर्दै समावेशी विकासलाई टेवा पुर्याउनु रहेको आयोजकले जानकारी दिएका छन्।
यस कार्यक्रमबाट प्राप्त ज्ञान र छलफलहरूले आगामी दिनमा नगरपालिकाको योजना, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सामाजिक समावेशिकरण तथा लैङ्गिक उत्तरदायित्व अझ प्रभावकारी रूपमा समेटिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस