शुक्रबार, ०४ असोज २०८१

युवा संघ सुदूरपश्चिमको सहसचिवमा आरसी रोकाया सर्वसम्मत

बाजुरा : राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेशल कमिटीको सहसचिवमा आरसी रोकाया सर्वसम्मत चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेशको ऐतिहासिक प्रथम प्रदेश अधिवेशनबाट रोकाया सर्वसम्मत सह सचिव चयन भएका हुन् । 

अधिवेशनबाट उपसचिव सहीत ६ जना प्रदेश कमिटी सदस्य पदमा निर्वाचित भएका छन् । युवा संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा अरुण कुँवर निर्वाचित भएका छन् । उनको नेतृत्वमा उपाध्यक्ष बमबहादुर शाही, सचिवमा प्रकाश खड्का, सहसचिवमा आरसी रोकाया, दिपेनद्र खड्का र कोषध्यक्षमा खगेन्द्र नाथ निर्वाचित भएका छन् ।

महिला प्रमुख विभागमा भने धेया सिंह चयन भएकी छन् । त्यस्तै प्रदेश कमिटी सदस्यमा माटिन शाह, सुरेन्द्र कुमार रोकाया, राजेन्द्र रावत, उपेन्द्र कटेल, सुस्मिता कार्की, सम्झना थापा चयन भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस