बिहिबार, १५ साउन २०८२

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार २५, असार २०८२ ०७:५४

प्रधानमन्त्री ओली शनिबार झापा आउने

ओलीले सोही ठाउँमा खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको माई नगरपालिकाका नगर प्रमुख खम्बासिं लिम्बूले जानकारी दिए ।माई नगरपालिकाबाट फर्किएर त्यसैदिन कन्काई नगरपालिकामा जग्गा धनीपुर्जा वितरण गर्ने कार्यक्रम रहेको छ ।यसैगरी सोमबार दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वी तर्फको मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको उद्घाटन, बिर्तामोडको सिटी सेन्टर आयोजित कार्यकर्ता भेलालाई सम्बोधनपछि काठमाडौं फर्किने कार्यक्रम छ ।

बुधबार २५, असार २०८२ १०:२९

वडास्तरीय उत्कृष्ट : ६ जनालाई सम्मान

त्यस्तै स्थानीय पर्यटन प्रबद्र्धन तर्फ पत्रकार लक्ष्मीराज पाध्याय, गोविन्द राज तिमिल्सिना, वाईल बाजुरा संस्था, सरस्वती टोल विकास संस्थाका अध्यक्ष दिपेश कुमार तिमिल्सिनालाई पनि सम्मान गरिएको वडाध्यक्ष पाध्यायले बताएका छन् ।

बिहिबार २६, असार २०८२ ०७:१७

चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बिहिबार २६, असार २०८२ ०७:२०

बडीमालिका मन्दिरको पुननिर्माण,

बिहिबार २६, असार २०८२ ०१:५४

प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक प्रस्तुत गरिने

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक–२०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक–२०८२ प्रस्तुत गर्ने छन् ।

आइतबार २९, असार २०८२ १०:३१

काठमाडौं महानगरले आज बजेट ल्याउँदै

आइतबार २९, असार २०८२ ११:२१

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

प्रतिनिधिसभाको सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले भनेअनुसार संविधान संशोधन गर्न सत्ता पक्ष तयार भए आवश्यक बहुमत पुर्‍याउने जिम्मा लिने उद्घोष गरेका छन् । तर, त्यसका लागि उनले सर्तहरू अघि सारेका छन् ।

मङ्गलबार ३१, असार २०८२ ०७:५२

बडिमालिका नगरपालिकामा सार्वजनिक सुनुवाई ,सेवामा ध्यान दिन सुझाव

नगर प्रमुख खड्काले जनप्रतिनिधि तथा कर्मचारीहरूलाई अझ जिम्मेवार बनाउँदै सेवा प्रवाहमा सुधार ल्याउन सुझाव तथा सल्लाहहरूलाई गम्भीरतापूर्वक आत्मसात् गरिने बताए। सार्वजनिक सुनुवाईमार्फत नगरवासीको चासो, सुझाव र सरोकारहरूलाई नगर विकासमा समाहित गरिने प्रतिबद्धता व्यक्त गरियो। कार्यक्रममा सहभागीहरूले व्यक्तिगत भन्दा पनि सार्वजनिक हितका विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए।

मङ्गलबार ३१, असार २०८२ ०८:०१

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । आजको बैठकमा लेखासमितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने र सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ ।

मङ्गलबार ३१, असार २०८२ ०८:०५

वैदेशिक रोजगारीले बढायो सम्बन्ध विच्छेद, बाजुरामा यो वर्ष मात्रै २५ उजुरी

अदालतले यो आर्थिक वर्षमा १ सय ३३ वटा मुद्दा फैसला गरेको छ । यो पनि गएको आर्थिक वर्षको तुलनामा उल्लेख्य प्रगति भएको अदालतले बताएको छ । गएको वर्षका थपि आएका फछ्यौट हुन बाँकी ७९ वटा र यो वर्षका १ सय ११ गरि १ सय ८० मुद्दा फैसालाको भार अदालतलाई थियो । ती मध्ये १ सय ३३ वष फैसला भइसकेका छन् । भने ४७ वटा फछ्यौट हुन बाँकी रहेका छन् । पहाडी जिल्लाको तुलनामा यो मुद्दाको संख्या धेरै रहेको अदालतले बताएको छ । उजुरी आएका मध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा छन् ।

मङ्गलबार ३१, असार २०८२ ०६:५०

महिलामाथिका हिंसा रोक्न अनेमसंघको सुदूरपश्चिम प्रदेश सरकारलाई सात बुँदे ज्ञापन पत्र

नेकपा एमाले निकट महिलाहरुको संगठन अनेमसंघले सुदूरपश्चिमका कैलाली कंचनपुर सहीतका जिल्लाहरुले प्रशासन कार्यालय मार्फत एकसाथ गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको प्रदेश अध्यक्ष झुमा देवी चौधरीले बताएकी छन् । सुदूरपश्चिममा अझै हिंसा, हत्या र यौन शोषण सँगै लैङ्गिक असमानता र छाउकुप्रथा जस्ता अन्यायपूर्ण व्यवाहार भइरहेकोले अन्त्यको माग अनेमसंघले गरेको हो ।

बुधबार ३२, असार २०८२ ०२:४५