बाजुरा : जिल्ला अदालतमा यो वर्ष मुद्दा दर्ताको संख्यामा वृद्धि भएको छ । गएको आर्थिक वर्षको तुलनामा यो वर्ष मुद्दा बढी दर्ता भएको जिल्ला न्यायधिस संजीप पोखरलेले जानकारी दिए । यो वर्ष १ सय ११ वटा मुद्दा दर्ता भएको जिल्ला न्यायधिस पोखरेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । गएको वर्षको तुलनामा दर्जन बढी मुद्दा थपिएका छन् ।
अदालतले यो आर्थिक वर्षमा १ सय ३३ वटा मुद्दा फैसला गरेको छ । यो पनि गएको आर्थिक वर्षको तुलनामा उल्लेख्य प्रगति भएको अदालतले बताएको छ । गएको वर्षका थपि आएका फछ्यौट हुन बाँकी ७९ वटा र यो वर्षका १ सय ११ गरि १ सय ८० मुद्दा फैसालाको भार अदालतलाई थियो । ती मध्ये १ सय ३३ वष फैसला भइसकेका छन् । भने ४७ वटा फछ्यौट हुन बाँकी रहेका छन् । पहाडी जिल्लाको तुलनामा यो मुद्दाको संख्या धेरै रहेको अदालतले बताएको छ । उजुरी आएका मध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा छन् । भने त्यो भन्दा पछि वैवाहिक बलात्कार सहीत जवरजस्ती करणीका छन् । यो वर्ष दर्ता भएका १ सय ११ मध्ये २५ वटा सम्बन्ध विच्छेदका मात्रै छन् ।
सम्बन्ध विच्छेदमा पनि वैदेशिक रोजगारमा गएका पुरुष श्रीमतिहरुले बढी हालेको देखिन्छ । श्रीमान विदेशमा बसेको र सहयोग नभएको जस्ता समस्या देखाएर एकपक्षिय महिलाकै तर्फबाट सम्बन्ध बिच्छेदका लागि बढी उजुरी आएको जिल्ला न्यायधिस पोखरेलले बताए । सम्बन्ध बिच्छेद समाजको समस्याकै रुपमा देखिने गरि मुद्दा आउने देखियो, पहाडी जिल्लामै वर्षका २५ जनाले उजुरी दिने कुरा सामान्य होइन्, यसले परिवारबीचको द्धन्द्धका नाममा सामान्य विमेलमा पनि घरपरिवार उजाड हुने, सन्तानले दुख पाउने अवस्था देखिएको न्यायधिस पोखरेलले भने । कानुन बमोजिम गर्न माग दाबी सहीत उजुरी परेपनि व्यवाहार हेर्न नमिल्ने हुँदा अलग बनाएर पठाउनु पर्ने बाध्यता न्यायधिस पोखरेलले सुनाए । सम्बन्ध विच्छेद पछि वैवाहिक बलात्कार सहीत जबरजस्ती करणीको मुद्दा रहेका छन् । यो वर्ष मात्रै १२ वटा दर्ता भएका छन् ।
सहमतिमै सम्बन्धमा बस्नेहरुले पनि कुरा नमिले पछि बलात्कारको कसुरमा हाल्ने गरेको आरोप बारे पत्रकारको जिज्ञासामा न्यायधिस पोखरेलले त्यो कारण भन्दा पनि घटना र कानुन मिल्ने कुरामा मात्रै आफूहरुको सरोकार रहने भएकोले त्यतापट्टी चासो नरहने बताए । केही समस्या पनि देखिन्छ, कानुन बारे बोल्न हामीलाई छुट छैन्, मिलाएर बुझ्नुहोस्, उनले थपे । यो वर्षमात्रै लाघुविधि चोरी÷हिंसाका ६ वटा, लेनदेन ९ वटा, बहुविवाह र बालविवाहका १२ वटा, अंगभंग ४ वटा, बैङ्क कसुर २ वटा, आपराधिक उपद्रव ४ वटा, अप्राकृतिक यौन व्यवहार १ वटा, डाँका चोरी ३ वटा, ज्यान मार्ने उद्योग २ वटा, नाता कायम १ वटा, हातहतियार तथा खरखजना २ वटा, कुटपीट २ वटा मुद्दा दर्ता भएका छन् । यस्तै आत्महत्या दुरुत्साहन २ वटा, कर्तव्य ज्यान २ वटा, चेक अनादार २ वटा, मानव बेचविखन २ वटा, सवारी ज्यान २ वटा, गर्भपतन १ वटा, जालीप्रमाण र छाप १ वटा र राष्टिय परिचय पत्र दुरुपयोग १ वटा मुद्दा दर्ता भएका छन् । ती मध्ये ७० प्रतिशत बढी यो वर्ष दर्ता भएकै मुद्दा फैसला भइसकेका छन् ।
वाल विवाह र बहुविवाहको समस्या पनि बाजुरामा बढीरहेको देखिन्छ । केही मुद्दा न्यायीक समिति र प्रशासनमा जाने भएकोले पनि सबै उजुरी अदालतमा नआएको देखिन्छ । न्यायधिस पोखरेलले मुद्दा बढ्नु राम्रो नहुने भएकोले अदालतको उदेश्यले सामाजिक शान्ति र मेलमिलाप नै उत्तम विकल्प रहेको बताए । यो वर्ष बाजुरा जिल्ला अदालतमा २ वटा मुद्दा मेलमिलाप गरिएको छ । अदालतमा प्रमाण पत्र सहीत ११ जना मेलमिलाप कर्ता कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस