आइतबार, २९ असार २०८२

काठमाडौं महानगरले आज बजेट ल्याउँदै

काठमाडौं: काठमाडौं महानगरपालिकाले आज ९आइतबार० आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउने भएको छ ।गत शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार बजेट ल्याउन लागिएको हो ।बजेट प्रयोजनका लागि दिउँसो २ बजे नगरसभा बैठक बोलाइएको छ । नगरसभा अघि बिहान ११ बजे कार्यपालिका बैठक बस्नेछ ।शुक्रबार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षातामा बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस