नौ वटा स्थानीय तहका ६७ वटा विद्यालयले एसइइ परीक्षामा विद्यार्थी सहभागि गराएका थिए । ती मध्ये बुढीनन्दा नगरपालिकाको नन्देश्वरी मावि र बडीमालिकाको नगरपालिकाको क्रियटर जोन ऐकेडेमीले सत प्रतिशत नतिजा ल्याएका छन् । नन्देश्वरी मावि सामुदायिक विद्यालय हो,भने क्रियटर जोन ऐकेडेमी संस्थागत विद्यालय हो ।
सोमबार १६, असार २०८२ ०८:२३
बाजुराको बुढीगंगा नगरपालिका ६ बाम्का बजारमा जेठ २३ गते दिउँसो आगलागी भएको थियो । आगलागीबाट तेजबहादुर बोहरा, शेरबहादुर विष्ट, चन्द्र अयडी, धनबहादुर साउद, उद्वव थापा, छत्र थापा, रामबहादुर अयडी, दीपक साउद, तोयानाथ न्यौपाने, डम्मरा भट्टराई, तुल कटुवाल, शुशील थापा र सुनील बरालको पसल जलेर नष्ट भयो ।
सोमबार १६, असार २०८२ ०९:२८
मंगलसेन बजारदेखि क्याम्पससम्मको सडक निर्माण भइरहेको र निर्माणको समयमा सडकमा हिलो हुनु स्वाभाविक भएको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहराले बताएका छन्। सडक निर्माणको काम जारी रहेकाले विरोधले नगरपालिकालाई केही फरक नपर्ने उनले बताए। केही स्थानीयले सडकका लागि एक इन्च जग्गा नदिने अडान राखेपछि सडक विस्तार गर्न नसकेको समेत उनले बताए। दुई पटक नगर प्रमुख भएका बोहराले पटक(पटक स्थानीयको असहयोगका कारण अप्ठ्यारो अवस्था सिर्जना भएको बताए।
बुधबार १८, असार २०८२ १०:२८
दुनी हाट बजार,डिआर मष्ट नजिक,डिभिजन वन कार्यालय र लोकतान्त्रिक चोक गरी चार ठाउँमा सिसी क्यामरा जडान गरिएको छ । मार्तडी बजार चोरी डकैती लगायतका कार्यलाई नियमन गर्ने उदेस्यले सिसी क्यामरा जडान गर्न थालिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन ।
बुधबार १८, असार २०८२ ०७:५०
बितरण गरिएको खाधन्न सामाग्रीमा चामल १ बोरा, दाल २ केजी, चिनि १ केजी, साबुन १ दर्जन, सरफ १, कम्वल १ र त्रीपाल १ थान प्रति परिवार बिरतण गरिएको उपाध्यक्ष ठाकुरले बताए ।बाजुराको बुढीगंगा नगरपालिका ६ बाम्का बजारमा जेठ २३ गते दिउँसो आगलागी भएको थियो । आगलागीबाट तेजबहादुर बोहरा, शेरबहादुर विष्ट, चन्द्र अयडी, धनबहादुर साउद, उद्वव थापा, छत्र थापा, रामबहादुर अयडी, दीपक साउद, तोयानाथ न्यौपाने, डम्मरा भट्टराई, तुल कटुवाल, शुशील थापा र सुनील बरालको पसल जलेर नष्ट भएका थिए ।
बुधबार १८, असार २०८२ ०८:२७
आगामी आर्थिक वर्षका लागि सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँको अनुमानित बजेट गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड दुई लाख ६ हजार (५९.२५ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।
बुधबार १८, असार २०८२ ०८:३३
अन्य प्रदेशहरूले यसअघि नै स्थानीय सेवा ऐन पारित गरिसकेको अवस्थामा सुदूरपश्चिममा भने ढिलाइ भएको हो। स्थानीय तहमा कार्यरत कर्मचारीहरू सरुवा, बढुवा, नियुक्ति र पेशागत वृत्ति विकासमा अन्योलको स्थिति बनेपछि उनीहरू आन्दोलनमा उत्रिएका थिए। जेठ २८ गतेदेखि आन्दोलनमा उत्रिएको कर्मचारी वर्गको दबाबपछि ऐन डेढ वर्षपछि पारित गरिएको हो।
बिहिबार १९, असार २०८२ १०:१२
साढे चार वर्षअघि भएको ३२ पदाधिकारीको नियुक्ति सदर हुने भन्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र मनोज शर्माले आदेश गरेका हुन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीले भने उक्त नियुक्ति खारेज हुने निर्णय गरेका थिए, जुन अल्पमतमा परेको छ ।
बिहिबार १९, असार २०८२ १०:१९
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा मन्त्री पाण्डेले विधेयक सरकारले मात्र नभई सम्बन्धित समिति, सरोकारवाला निकाय तथा विज्ञहरूको सुझावका आधारमा अघि बढ्ने स्पष्ट पारे ।
शुक्रबार २०, असार २०८२ ०२:०६
सरकारलाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी ९जसपा० नेपालले समर्थन फिर्ता लिनका लागि गरेको निर्णयपछि सरकारमै सहभागी नागरिक उन्मुक्ति पार्टी ९नाउपा० सरकारबाट बाहिरिने तयारीमा देखिएको छ ।
शुक्रबार २०, असार २०८२ ०२:०८
स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष ९प्रधानमन्त्री० पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो । यस्तै, इस्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो ।
शुक्रबार २०, असार २०८२ ०२:२१
‘मुख्यमन्त्री ज्यूले मन्त्रीज्यूलाई हटाएपछि हामीले बैठक आह्वान गर्न लागेका हौँ ’ उनले भने, ‘सरकारबारे बैठकमा निर्णय हुन्छ । ’ पार्टी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले बिहीबार नै सङ्घ र प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टी बाहिरिने घोषणा गरिसकेकी छन् । सुदूरपश्चिम प्रदेश संसदीय दलले पनि सोही अनुसार तयारी गरेको छ । तर, पार्टी केन्द्रको पत्र भने अझै संसदीय दलमा पुगेको छैन । ‘पार्टी केन्द्रको निर्देशन अनुसार हामी चल्छौँ ’ उनले भने, ‘सरकारबाट फिर्ता हुने तयारी भइरहेको छ तर, केन्द्रको पत्र आएको छैन। उक्त पत्र आएपछि हामी समर्थन फिर्ता लिन्छौँ र प्रतिपक्षमा बस्छौँ ।’
सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७
शुक्रबार २०, असार २०८२ ०२:३३
शुक्रबार २०, असार २०८२ ०८:२८
अघिल्लो आर्थिक वर्षका बाँकी रहेका दुई सय १२ वटा मुद्दामा २१० वटा मुद्दा फर्छ्यौट भएको रजिष्ट्रार बोहराले जानकारी दिनुभयो । यस्तै, अघिल्लो महिना सम्म ५८९ नयाँ दर्ता, असार १९ गतेसम्म २० मुद्दा गरी उच्च अदालत दिपायल, महेन्द्रनगरमा ८२१ मुद्दा दर्ता भएका छन् । जसमध्ये नयाँबाट ३३९ मुद्दा फर्छ्यौट भएको रजिष्ट्रार बोहराले बताउनुभयो ।
शनिबार २१, असार २०८२ १०:२३
हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग तथा त्रिदेशीय सीमासँग जोड्न बेलिब्रिज निर्माण गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यहाँ निर्माणाधिन पक्कीपुललाई निरन्तरता दिएर हुम्लालाई मात्र नभएर देशलाई समृद्धिको बाटोतर्फ डोर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अप्ठयारो ठाउँमा ढलान गरेर भए पनि सडक स्तरोन्नति गर्दैलैजाने उहाँको भनाइ थियो ।
आइतबार २२, असार २०८२ ०९:२४
नेपाल चिकित्सक संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको थियो। आज भने आकस्मिक बाहेकका सबै सेवा स्थगित गरिएको छ। केही साता यता उपभोक्ता अदालतले उपचारमा लापरवाही भएको ठहर गर्दै विभिन्न अस्पताल र चिकित्सकमाथि क्षतिपूर्तिको फैसला गर्दै आएको छ।
सोमबार २३, असार २०८२ १२:५८
पर्यटनमन्त्री पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च अधिकारीहरूले बिदाइ गरेका छन् । मन्त्रालयका अनुसार यो भ्रमण तिलौराकोटलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाउने दिशातर्फको कोसेढुङ्गा साबित हुनेछ ।
तिलौराकोटको ऐतिहासिक र पुरातात्विक महत्वका कारण स्थानीयस्तरमा लामो समयदेखि यसलाई विश्वसम्पदा सूचीमा राख्न माग हुँदै आएको छ । सोही अनुरूप मन्त्रालयले त्यसको स्वामित्व लिएर आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता प्रकट गर्दै आएको छ ।
सोमबार २३, असार २०८२ ०१:०५
सङ्घले उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेकोप्रति गम्भीर आपत्ति जनाउँदै उपभोक्ता हित संरक्षण मञ्च नेपालले सङ्घको आन्दोलनप्रति कडा आपत्ति जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्र पठाएको छ ।
बन्द हडताल गरी मुलुकी अपराध संहिताको दफा ६८ विपरीत कसुर गर्ने, अदालतको सम्मानप्रति प्रहार गर्ने, चिकित्सा सेवामा बन्द हडताल गर्नेलाई तत्काल कानुन बमोजिम कारबाही गर्न मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले मन्त्रालयसँग माग गर्नुभएको छ ।
सोमबार २३, असार २०८२ ०१:११
उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्य पूर्तिमा थप गति दिन योगदान दिएको उनले बताए ।प्रधानमन्त्री ओलीले अतिकमविकसित मुलुकका तर्फबाट अगुवाइ गर्दै सम्बोधनका क्रममा यी मुलुकको न्यायपूर्ण एवं आर्थिक सामाजिक विकासका पक्षमा वकालत गरेको जानकारी गराए ।
सोमबार २३, असार २०८२ ०४:१६
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभयो । यसैगरी उहाँले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
बुधबार २५, असार २०८२ ०७:४६