बाजुरा : अखिल नेपाल महिला संघ, बाजुराले दोषीमाथि कमला आउजी मृत्यु प्रकरणको घटना बारे छानवीनको माग गरेको छ । कुप्रथाकै कारण अकालमै ज्यान गुमाउनु परेको भन्दै अनेमसंघले घटनाको छानवीन सहीत कमजोरी गर्नेलाई कारबाही र पीडित परिवारलाई न्यायको माग सहीत जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएको छ ।
घटनापछि महिला संघले प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ ।
संघकी अध्यक्ष देवु खातीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, “महिलामाथि बढ्दो हिंसात्मक घटनालाई गम्भीर रूपमा लिनु आवश्यक छ। यस्ता घटनाले समाजमा डर र असुरक्षाको वातावरण सिर्जना गरिरहेको छ ।“
महिला संघले स्थानीय, प्रदेश तथा संघीय सरकारसँग मिलेर नागरिक समाज र सरोकारवाला निकायहरूलाई महिला हिंसा अन्त्य गर्न सक्रिय भूमिका खेल्न पनि आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस