शुक्रबार, ०२ कार्तिक २०८१

बाजुरामा हावाहुरीको वितण्डा, अस्थायी प्रहरी पोष्टदेखि विद्यालयका संरचनामा क्षति

बाजुरा : केही दिन यता बाजुरा सहीत सुदूरपश्चिमका पहाडी जिल्लामा हावाहुरीको प्रभाव देखिएको छ । हरेक दिनको साझँ हावाहुरी चल्ने र जनजीवन प्रभावीत हुने गरेको छ । हावाहुरीले भौतिक संरचनामा समेत क्षति भइरहेको प्रहरीले बताएको छ । 

हावाहुरीका कारण बाजुराको बुढीगंगा नगरपालिका–१० रिठाबजारमा रहेको अस्थायी प्रहरी पोष्ट समेत उडाएर क्षति पुगेको छ । शनिबार मात्रै दर्जन बढी संरचनामा क्षति पुगेको छ । हावाहुरीका कारण अस्थायी प्रहरी पोष्टको काठ र टिनले बनेको भान्साघर र नागरिक सहायता कक्ष (गोलघर) र अस्थायी प्रहरी बेस क्याम्पको ढोका भाँचिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार जिल्लाका अन्य ठाउँमा समेत हावाहुरीले ठुलो मात्रामा क्षति पुगेको छ । ढुंगा माटो र जस्तापाताले छाएका घर, पसल, छानो र विद्यालयका भौतिक संरचनाहरुमा क्षेती पुगेको छ । जसमा बुढीगंगा नगरपालिका– २ मा रहेको आवासीय मावि र स्वामीकार्तिक खापर गाउँपालिका–४ स्थित कालिका आधारभुत विद्यालयको टिनले छाएको छानोमा क्षती पुगेको छ ।

हावाहुरीका कारण अहिलेसम्म बुढीगंगा नगरपालिका– १ धुरालसैनका रामबहादुर थापा, मनविर थापा, तारा नेपाली, निरु नाथ, मनिसा महता, खप्तड क्षेडेदह ७ का डम्म कठायत, ६ का गोल्से सार्की, ७ का पदम बुढा, मनोज नेपाली, धना रावत, बुढीगंगा– २ बल्देका पदम भण्डारी, खेम पाध्याय, मोति विक, बजेडीका रामचन्द्र जैशीको घरमा पनि क्षति पुगेको छ । 

स्वामीकार्तिक खापर गाउँपालिका ४ का गोल्मा कैला, धनदत्त जोशी विष्णु जोशी, जानकी कैला, जनदेवी कैला, स्वामीकार्तिककै ३ का दुर्योधन शाही, सामुदायिक किसानी मिल, बडीमालिका–७ को जिल्लीका कारण विक, विशे चंदारा, मन ल्वार ९ बस्ने जन थापा र विरबहादुर थापाको घरको छानोमा क्षेती पुगेको र अन्य ठाउँबाट पनि हावाहुरीले गरेको क्षेतीको विवरण संकलन भईरहेको प्रहरीले बताएको छ ।

हावाहुरीले बडीमालिका नगरपालिका–५ मा रहेका कैलाशेस्वरी मावि मनाको जस्तापाताले छाएको छानो, दलित भवन र शहरी विकास केन्द्रको भवनमा क्षती पुगेको वडा अध्यक्ष धर्मपाल मिजारले बताएका छन् । 

खप्तड क्षेडेदह ७ स्थित विमल रावतको टिनले छाएको होटल समेतमा क्षती पुगेको छ । भने बडीमालिका–८ को गैरी खेत कृषक समूहको तरकारी फर्म लगायत अन्य स्थानीयहरुका तरकारी फर्मका टनेलमा समेत क्षति पुगेको छ । हावाहुरीसँगै असिना आउने डरमा किसानहरु त्रसित छन् । हावाहुरी र पानी पर्नेक्रम जारी रहेको छ ।  

प्रतिक्रिया दिनुहोस