शुक्रबार, ०२ कार्तिक २०८१

अनेमसंघले सुपका नौ वटै जिल्लामा महिला श्रमिक दिवस मनाउने

बाजुरा : अखिल नेपाल महिला संघले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा महिला श्रमिक दिवस मनाउने भएको छ । विश्व श्रमिक महिला दिवसको अघिल्लो दिन फागुन २४ गते विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरेको छ ।

केन्द्रीय कमिटीको सर्कुलर र प्रदेश कमिटीको निर्णय अनुसार सुदूरपश्चिमका नौ वटै जिल्लामा दिवस मनाउने तयारी थालेको प्रदेश अध्यक्ष झुमा चौधरीले जानकारी दिएकी छन् । संगठन सुदृढीकरण र रुपान्तरणको अभियान सहीत देश व्यापी कार्यक्रमका रहेको अनेमसंघले आफ्नै व्यानर र नारामा दिवस बनाउन लागेको हो ।

नेकपा एमाले निकट महिलाहरुको संगठन अनेमसंघले यो वर्ष समान सहभागि र सहजिकरणका लागि महिलामा लगानी भन्ने नारा तय गरेको छ । प्रभावफेरि सहीतको सचेतना मुलक कार्यक्रम आयोजनाको तयारी थालीएको बाजुरा जिल्ला अध्यक्ष कोपीला सिंहले बताएकी छन् । 

फागुन १३ गतेको प्रदेश कमिटीको बैठकबाट नौ वटै जिल्लामा श्रमिक महिला दिवस मनाउने, बैशाख भित्र जिल्ला र चैत्र भित्र पालिका, वडा र टोल अधिवेशन गरिसक्ने, जिल्ला प्रशिक्षण भेला सञ्चालन गर्ने गरि निर्णय गरिएको प्रदेश अध्यक्ष चौधरीले जानकारी दिएकी छन् ।

अनेमसंघले देशव्यापी रुपमा घरघरमा सदस्य, टोलटोलमा संगठन अभियान पनि सञ्चालन गरेको छ । जेष्ठसम्म चल्ने अभियान अन्र्तगत प्रत्येक घरमा अनेमसंघ र एमालेको सदस्य बनाउने र टोल टोलमा संगठन विस्तारमा सक्रिय रहने गरि कार्यविभाजन पनि गरिएको छ । 

प्रतिक्रिया दिनुहोस