शुक्रबार, ०४ असोज २०८१

नेकपा (एमाले) बझाङको आठौ जिल्ला अधिवेशन माघ १९ र २० हुने

बझाङ :  नेपाल कम्युनिष्ट पार्टी एमालेको आठौ जिल्ला अधिवेशन आयोजक कमिटीको बैठकले बझाङको ८ औँ जिल्ला अधिवेशन माघ १९ र २० गते गर्ने निर्णय गरेको छ । 

बुधबार पार्टी कार्यालय चैनपुरमा बसेको प्रथम बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी माघ १९ र २० गते केदारस्युँ गाउँपालिकाको झोतामा आयोजना गर्ने निर्णय गरेको नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए । 

जिल्ला अधिवेशनका लागि सबै वडाबाट प्रतिनीधि छान्ने र कार्यक्रम व्यवस्थापनको तयारी गरिने गरी अधिवेशनको मिती तोकिएको हो । आठौँ अधिवेशनले एमालेमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गरिने महरले बताए ।

प्रतिक्रिया दिनुहोस