शुक्रबार, ०४ असोज २०८१

गौमुल गाउँपालिकाको एक घरमा आगलागी, लाखौंको क्षति

बाजुरा : गौमुल गाउँपालिका–६ चौकामा मंगलबार विहान एक घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । विहान करिव ७ बजेको समयमा बालबालिकाले चलाएको आगोबाट घरमा आगलागी भएको प्रहरी जनाएको छ । 

स्थानीय शेर बहादुर रोकायाको घरमा आगलागी भएको आफन्त सुरेश रोकायाले बताएका छन् । चुलोमा बलिरहेको आगोमा ७ वर्षका बालकले सलाईको काटी जलाएर किताबमा लगाएपछि घरमा आगालागी भएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ ।

आगलागीबाट करिव २ लाख ५० हजार बढीको क्षति भएकोे अनुमान गरिएको छ । आगलागीबाट नगद २० हजार सहित घरभित्र रहेका गहना, अन्नपात, लत्ताकपडा, लालपूर्जा, नागरिकता, प्रमाणपत्र लगायत सबै जलेर नष्ट भएका छन् ।

स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट बचेको छ । यसअघि सोही वडाको टुनी टोलमा समेत एक घरमा आगलागी हुदाँ पूर्ण रुपमा क्षति भएको थियो ।


 

प्रतिक्रिया दिनुहोस