शुक्रबार, ०४ असोज २०८१

परिवार र पदका लागि राजनीति गर्ने चरित्र हाबी हुनु दुर्भाग्य : एमाले नेता थापा

बाजुरा : नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले राजनीतिमा सकेसम्म सबैलाई न्याय हुनु पर्ने बताएका छन् । प्रेस चौतारी नेपाल बाजुराको पूर्ण बैठकलाई संवोधन गर्दै नेता थापाले सबै पद र जिम्मेवारी समान वितरण र विभाजनको नीति लिन सके कसैलाई अन्याय नहुने धारणा राखेका छन् ।

एउटै व्यक्ति हरेक जिम्मेवारी र अवसरमा लोभ गर्ने प्रवृत्ति हाबी हुनु दुखद विषय भएकोले यसको अन्त्य आवश्यक रहेको थापाको भनाई छ । एमाले अछाम जिल्ला इन्चार्ज समेत रहेका थापाले परिवार र पदका लागि मात्रै राजनीति गर्ने चरित्र हाबी भएकै कारण युवाहरुले दल प्रति नकारात्मक टिकाटिप्पोणी गर्न थालेको स्वीकार गरेका छन् ।

आफ्ना मात्रै हुनु पर्ने, आफू अनुकुल व्यक्तिले मात्रै पद पाउनु पर्ने, परिवार भन्दा टाढाको व्यक्तिलाई विश्वास नै नगर्ने परिपार्टी अन्त्य नभएसम्म त्यागी, योग्य र क्षमता भएका नेता कार्यकर्ता अन्यायमा परिराख्ने थापाको दाबी छ । 

‘म मेरा कोही बनाउने पक्षम छैन्, र कहिल्यै लागिन र लाग्दिन पनि, एमाले आसन्न बाजुरा जिल्ला अधिवेशन लक्षित सन्दर्भ तर्फ संकेत गर्दै थापाले अब मिसन ८४  लाई सफल बनाउने, पार्टी जिताउने, जनताको पक्षमा काम गर्न सक्ने छवी भएको व्यक्तिहरुको टिमलाई ल्याउनमा सबैको सहयोग र सहकार्य आवश्यक हुन्छ, र गर्नु पर्छ थापाले भन्नु भयो ।’

थापाले पार्टी प्रतिको योगदान छैन भने जसरी नै लगानी कम आँकलन गर्ने र किनारा पार्ने योजना बनाउने कुरा सह्य नहुने बताएका छन् । हुनु पर्ने र पाउनु पर्ने सबै सम्मान र पद पाएकोले अव आफ्नो चिन्ता बलियो पार्टी र समृद्ध बाजुरा बनाउने सपना मात्रै भएको थापाले बताएका छन् ।

प्रेस चौतारीले पनि बाजुराको विकासमा सकारात्मक भूमिका खेल्नु पर्नेमा जोड दिएका थापाले समस्या मात्रै सुनाउने, संभावना र सहीत कुराको वकालत नै नगर्ने पत्रकारितामा पनि केही सुधार गर्न आवश्यक रहेको सुझाव दिएका छन् ।

चेदन अयडीको हत्या काण्डका अभियुक्त छुटाउन सर्वोच्चले गरेको आदेशप्रति संकेत गर्दै थापाले अदालतमा पनि राजनीति पसिसकेकोले अब त्यसको जवाफ जनस्तरबाटै दिनु पर्ने बेला आएको बताएका छन् । 

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख काशी विकले देश दलाल र धुसखोरिको कब्जाबाट उम्काउन सबै लागि पर्नु पर्ने बेला भएको बताएका छन् । देश बनाउने र जनताको हित चाहना पार्टी भनेकै एमाले मात्रै हो, भन्ने कुरामा प्रचण्ड नेतृत्वको गठबन्धन सरकारका गतिविधीले नै प्रमाणित गरिदिएको विकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस