शुक्रबार, ०४ असोज २०८१

सञ्चारकर्मी रावलको समन्वयमा ३० परिवारलाई न्यानो लुगा सहयोग

बाजुरा : सञ्चार कर्मी तथा सामाजिक अभियान्ता सन्तोषी रावलको समन्वयमा बडीमालिका नगरपालिका ९ चौराटाका विपन्न परिवारलाई न्यानो लुगा सहयोग गरिएको छ। ।

रोटरी क्लवका सहयोग र पत्रकार रावलको समन्वयमा वडाका विपन्न ३० परिवारलाई न्यानो कपडा वितरण गरेको बताएकी छन् ।

जिल्लामा यो भन्दा पहिले पनि क्लवले विपन्न,एकल र असहाय बालबालिका र घर परिवारलाई न्यानो कपडा र खाद्यान् सहयोग गर्दै आएको थियो । बडीमालिका नगरपालिका ९ का वडाध्यक्ष सूर्य किरण वि.क. र स्थानीय प्रकाशको सहजीकरण र पत्रकार रावलको समन्वयमा उनीहरुलाई चिसोबाट बच्नका लागि न्यानो कपडा वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस