आमाको ममता भन्दा विशाल
अर्काे पृथ्वी छैन !
बाबा भन्दा ठुलाे सुरक्षाको
अर्काे आकाश छैन !
स्वदेश भन्दा
सुरक्षित अरू अाश्रयकाे थली छैन।
माटाेकाे वेदरूपी वाणी भुलेर
नालायक सन्तानकाे लहडले
स्वदेश भित्रै विदेशीकाे
हैकमकाे कथा
लेखिदैछ छ,
देखिदैछ र भाेगिदैछ !
जडी काे हाे ? जडता कता छ?
जड के हाे ?
जन्मभूमि उत्तर खाेजि रहेछ।
शासकहरू लाजवाफ छन् !
देशले हारेकाे क्रान्तिकाे
विजय उन्मादमा छ
सन्तान !!!
नाटक देखेर
जिया र बाबाहरू
नाजवाफ र अनुत्तरित छन्।
काल परिस्थितिकाे गंगाले
धार फेर्दै छ
कथा लेखिदैछ,भूमिका ताेकिदैछ
व्यथा थपिदैछ।
खरानी पछिकाे
देशकाे परानी खरानी मै
सिमित नहाेस्!
अपराध र अपराधीकाे
कुनै देश र धर्म हुदैन !
डढेलाे लगाउन
जाने वा विगारे ?
सबै नेपालीले नेपाली भई जिउने
धर्ती नेपाल हैन र ?
अामाकाे ममता भन्दा विशाल
अर्काे पृथ्वी छैन !
बाबा भन्दा ठुलाे सुरक्षाको
अर्काे अाकाश छैन !
स्वदेश भन्दा
सुरक्षित अरू अाश्रयकाे थली छैन।।।
प्रतिक्रिया दिनुहोस