बाजुरा: जिल्ला अस्पताल बाजुराका करार सेवाका कर्मचारीहरूले सेवासुविधा र स्थायित माग गर्दै ज्ञापन पत्र बुझाएका छन्।सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई सम्बोधन गरिएको उक्त ज्ञापनपत्रमा अस्पतालमा कार्यरत करार कर्मचारीहरूले विगत लामो समयदेखि सेवा दिँदै आएको भए पनि २०८२।८३ सालको नीति तथा कार्यक्रमअनुसार आफूहरूको सेवा व्यवस्थापनबारे कुनै टुंगो नलागेको गुनासो समेत गरेका छन्।
उहाँले भने २०७६ सालदेखि ६ वर्षसम्म निरन्तर सेवा दिए पनि हालसम्म करार कर्मचारीहरूको व्यवस्थापन नहुँदा मानसिक तनाव र अन्य समस्या भोग्नु परेको उल्लेख गरेका छन्।
ज्ञापनपत्र मार्फत कर्मचारीहरूले अस्पतालमा भइरहेको सेवा प्रवाहमा अवरोध नआओस् भनेर निरन्तर खटिरहे पनि असुरक्षाको भावना बढेको र यसले सेवाग्राहीलाई समेत असर गर्ने चेतावनी दिएका छन्।
उहाँले भने प्रदेश सरकार तथा मन्त्रालयसमक्ष अस्पतालमा कार्यरत करार स्वास्थ्यकर्मीहरूको समस्या समाधान गरी स्थायीकरण वा व्यवस्थापनको माग गरेका छन्।ज्ञापनपत्रमा अस्पतालका करार सेवाका स्वास्थ्यकर्मीहरूको सामूहिक हस्ताक्षर रहेको थियो।
प्रतिक्रिया दिनुहोस