बाजुरा : नेकपा एमाले बाजुराले समयसँगै हुने परिवर्तनलाई पार्टीले आत्मसाथ गर्दै अघि बढ्न र लोकतन्त्रको पक्षमा उभिन आम नागरिकसँग आग्रह गरेको छ । एमाले बाजुराले मार्तडीमा आयोजना गरेको दशैं तिहार बिशेष शुभकामना आदान प्रदान कार्यक्रममा नेताहरुले संविधान र लोकतन्त्रको रक्षा पहिलो जिम्मेवार भएको बताएका छन् ।
नेताहरुले जेन जी आन्दोलनका माग संवोधन गर्न पार्टी तयार हुनु पर्ने भन्दै जेनजी आन्दोलनमा नाममा भइरहेको षड्यन्त्र चिर्नू पर्ने धारणा राखेका छन् । सिंगो देश र लोकतन्त्र माथि, संविधान र नेपाली सार्वभौमसत्ता माथि हुने कुनैप्रकारका षड्यन्त्र पनि स्वीकार्य नहुने र नेपाली जनतालाई जिम्मेवार र सचेत बनाउनु पर्ने धारणा नेताहरुले राखेका छन् ।
नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले सुशासन कायम गर्नु पर्ने, भ्रष्टाचार अन्त्य गर्नु पर्ने र दीगो विकासमा सबै जिम्मेवार हुनु पर्ने विषय अति आवश्यक छन् । ती एजेण्डा सिंगो नेकपा एमाले र देशले बोक्नु पर्ने धारणा राखेका छन् । थापाले जेनजीका माग हाम्रा पनि हुन्, जायज छन्, सबैले मिलेर पुरा गर्नु पर्छ । तर जेज जीका नाममा लोकतन्त्र माथि प्रहार हुने र जेनजी माथि नै भइरहेको षड्यन्त्र कुनै हालतमा पनि स्वीकार्न नसकिने बताएका हुन् ।
यो समय लोकतन्त्र र देशको संविधान बचाउनु पर्ने बेला हो, देशका सबै राजनीतिक शक्तिहरु तेरो मेरो नभनेरै एकतावद्ध भएर लाग्नु धारणा थापाले राखेका छन् । उहाँले सबैलाई गाउँमा जाँदै गर्दा सकारात्मक सन्देश र देशप्रतिको जिम्मेवारी बारे सचेत र जिम्मेवार बनाउनु पर्ने बताएका छन् । थापाले सिंगो पार्टी र नेतृत्व माथि आक्रमण भइरहेको बेला सिंगो एमाले एक भएर उभिनु पर्नेमा जोड थापाको छ ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य गगन रावलले विचार सिद्धान्तसँगै युग र प्रविधीसँग पनि पार्टी प्रक्तिलाई जोड्नु पर्ने बताएका छन् । उहाँले जेनजी हाम्रै सन्तान र देशको भविष्य बोक्ने पुस्ता भएकोले उनीहरुको माग र भावनालाई पार्टीले बोकेर अघि बढ्नु पर्ने धारणा राखेका छन् ।
नेकपा एमाले अध्यक्ष लालबहादुर ओली परिवर्तन र समयलाई सबैले आत्मसाथ गर्ने बताएका छन् । उहाँले दलिय व्यवस्था र लोकतन्त्र सबैका लागि जरुरी र आवश्यक छ । त्यसको रक्षा गर्नमा सबै जिम्मेवार बन्नु पर्ने र गाउँ, समाज बनाउन लाग्नु पर्ने बताएका छन् ।
अध्यक्ष ओलीले सबै पुस्तालाई चाहिने यहि समाज हो । समाजलाई सचेत र जिम्मेवार बनाउनै पर्ट, नबुझेकालाई बुझाउने जिम्मा पनि हाम्रै भएकोले दशैं तिहार बिशेष गाउँ बसाईमा सबैले सचेत पार्ने, कुरा सुन्ने र सुनाउनु पर्ने सुझाव दिएका छन् ।
पार्टी सचिव काशी विकले सञ्चालन गर्नु भएको कार्यक्रमको शुभकामना मन्तव्य जनक कुमार बोहराले दिएका हुन् । कार्यक्रम बडीमालिका नगरपालिकाको सभा हलमा आयोजना गरिएको हो । एमाले बाजुराले संविधान दिवस बाहेक भदौ २३ र २४ पछि पहिलो पटक औपचारिक कार्यक्रम आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस